April 24, 2026, Friday
२०८३ बैशाख ११

सुदूरपश्चिम प्रदेशमा शनिबार ७७४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

धनगढी, जेठ १ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा शनिबार ७७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार ४९९ नमूना पीसीआर र ७७४ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ७७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ८४६ नमूना परीक्षण गर्दा ५५५ जना, महाकाली अस्पतालमा १०३ नमूना परीक्षण गर्दा ७२ जना, डडेल्धुरा अस्पतालमा १०४ जनाको नमूना परीक्षण गर्दा ४० जना र जिल्ला अस्पताल बझाङमा १४६ जनाको नमूना परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा १ लाख ९४ हजार ७३७ नमूना परीक्षण गर्दा २९ हजार २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १४९ जना संक्रमितले जितेका छन्। सुदूरपश्चिम प्रदेशभर संक्रमण पुष्टि भएका १६ हजार ३ जनाले कोरोना संक्रमितले जितेका छन् ।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीका ९ जना, कञ्चनपुरका ४ जना, बैतडी, बझाङ र डोटीमा गरी १र१ जना गरी कूल १६ जना संक्रमितको मृत्यु भएको हो । अहिले सम्म कोरोना संक्रमणबाट ३३३ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।