April 24, 2026, Friday
२०८३ बैशाख ११

धनगढीमा कक्षा ८ को वार्षिक परीक्षा स्थगित

धनगढी, वैशाख ३१ (ई-रैवार)

धनगढीमा कक्षा ८ को वार्षिक परीक्षा स्थगित गरेको छ । धनगढी उपमहानगरपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित कक्षा ८ को परीक्षा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको जानकारी दिएको हो ।

यसअघि धनगढी उपमहानगरपालिकाले जेठ ३ गतेदेखि कक्षा ८ को परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको थियो ।

बढ्दो कोभिड १९ को संक्रमणका र जारी निषेधाज्ञाका कारण असहज परिस्थिति सिर्जना भएकाले परीक्षा स्थगित गरिएको धनगढी उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव नरेन्द्र बहादुर खातीले जानकारी दिए ।