सेती प्रादेशिक अस्पतालमा शुक्रबार थप ५३४ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

धनगढी, वैशाख ३१ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा शुक्रबार थप ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ हजार २०३ नमूना परीक्षण गर्दा ५३४ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका २५ जना, धनगढीबाहेक कैलालीका ४०८ जना र अन्य जिल्लाका १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा अहिले ९८ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये २ जना भेन्टिलेटरमा, १६ जना आइसियूमा, ८० जना अक्सिजन सपोर्टमा उपचाररत छन्। हाल अस्पतालको इमर्जेन्सी वार्डमा १० पुरुष र ४ महिला गरी १४ जना उपचाररत छन्।
सेती अस्पतालबाट पछिल्लो २४ घण्टामा २ जना निको भई घर फर्किएका छन् भने थप ७ जना अस्पतालमा भर्ना भएका छन् । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ८ जनाको उपचारकै क्रममा मृत्यु भएको जनाएको छ ।





प्रतिकृया दिनुहोस्