April 24, 2026, Friday
२०८३ बैशाख ११

सेती अस्पतालमा थप २७३ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

धनगढी, वैशाख २९ (ई-रैवार) 

सेती प्रादेशिक अस्पतालमा आज थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५६४ नमूना परीक्षण गर्दा २७३ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका मात्रै ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीबाहेक कैलालीका २०६ जना र अन्य जिल्लाका २३ जनामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा अहिले ४७ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ५ जना भेन्टिलेटरमा, २० जना आइसियूमा, २५ जना अक्सिजन सपोर्टमा उपचाररत छन्। हाल अस्पतालको इमर्जेन्सी वार्डमा २२ पुरुष र १० महिला गरी ३२ जना उपचाररत छन्।

पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ११ जना निको भई घर फर्किएका छन् भने थप ५ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन् ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको ज्यान गएको छ।