सेती प्रादेशिक अस्पतालमा आज थप ३२८ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

धनगढी, वैशाख २६ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा आज थप ३२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६२३ नमूना परीक्षण गर्दा ३२८ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका मात्रै २४० जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। यस्तै धनगढीबाहेक कैलालीका ७३ जना र अन्य जिल्लाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।
सूचना अधिकारी श्रेष्ठले हाल सेती प्रादेशिक अस्पतालमा ५४ जना कोरोना संक्रमितको उपचार भइरहेको बताए। जसमध्ये ५ जना भेन्टिलेटरमा, १८ जना आइसियूमा, २६ जना अक्सिजन सपोर्टमा उपचाररत छन्।
पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट २ जना निको भई घर फर्किएका छन् भने थप ३ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा थप ७ जना कोरोना संक्रमितको ज्यान गएको छ।





प्रतिकृया दिनुहोस्