April 24, 2026, Friday
२०८३ बैशाख ११

सेती प्रादेशिक अस्पतालमा आज १२१ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, वैशाख २२ (ई-रैवार) 

सेती प्रादेशिक अस्पतालमा आज थप १२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बुधबार १८५ नमूना परीक्षण गर्दा १२१ जनामा संक्रमण पुष्टि भएको हो

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १८५ नमूना परीक्षण गर्दा १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन।

सूचना अधिकारी श्रेष्ठले कोरोना संक्रमित मध्ये कैलालीको धनगढी उपमहानगर पालिकाका मात्रै ८७ जना रहेका छन्। यस्तै धनगढीबाहेक कैलालीका १८ जना र अन्य जिल्लाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

हाल सेती प्रादेशिक अस्पतालमा ५० जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ३ जना भेन्टिलेटरमा, ११ जना आइसियूमा, २८ जना अक्सिजन सपोर्टमा उपचाररत छन्।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालबाट ११ जना निको भई घर फर्किएका छन् भने थप १६ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ५ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।