सेती प्रादेशिक अस्पतालमा थप १२८ जनामा कोरोना पुष्टि, ५ जना संक्रमितको मृत्यु

धनगढी, वैशाख २० (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा आज थप १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४४८ नमूना परीक्षण गर्दा सोमबार १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा ४४८ नमूना परीक्षण गर्दा १२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन ।
सूचना अधिकारी श्रेष्ठका अनुसार धनगढीका ५४ जना, धनगढी बाहेक कैलालीका ६९ जना र अन्य जिल्लाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा ५५ जना बिरामीको उपचार भइरहेको छ । जसमध्ये ३ जनालाई भेन्टिलेटर १४ जनालाई आइसीयु राखिएको छ । ३३ जनालाई अक्सिजन दिइएको छ । ५ जनाको अवस्था मध्यम रहेकाले साधारण बेडमा राखिएको सूचना अधिकारी श्रेष्ठले बताए । उनका अनुसार सेती प्रादेशिक अस्पतालमा सोमबार ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।





प्रतिकृया दिनुहोस्