April 24, 2026, Friday
२०८३ बैशाख ११

गेटा मेडिकल कलेजलाई कोरोना संक्रमितका लागि आईसोलेसन बनाउने

धनगढी,वैशाख १८ (ई-रैवार)

गेटा मेडिकल कलेजलाई आईसोलेसन बनाउने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैठकले कोरोना संक्रमितका लागि कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई आईसोलेसन बनाउन निर्णय गरेको हो ।

सिंहदरवारमा बसेको सीसीएमसीको बैठकले गेटा मेडिकल कलेजको निर्माण सम्पन्न भएको मुख्य भवनलाई आईसोलेसन बनाउन जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीलाई निर्देशन दिएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले सीसीएमसीको शुक्रबार बसेको बैठकले गेटा मेडिकल कलेजको मुख्य भवनलाई आईसोलेसन बनाउन निर्देशन दिएको जानकारी दिए ।

सीसीएमसीको निर्देशन अनुसार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको मातहतमा रहने गरी सञ्चालन गरिने आईसोलेसनको स्थापना र व्यवस्थापनमा नेपाली सेना परिचालन गरिनेछ ।

यसअघि शिक्षा मन्त्रालयले गेटा मेडिकल कलेजलाई आईसोलेसन सञ्चालनका लागि अनुमती दिने निर्णय गरेको थियो । शिक्षा मन्त्रालयको उक्त निर्णयपछि आज बसेको सीसीएमसीको बैठकले गेटा मेडिकल मेडिकल  कलेजलाई आईसोलेसन बनाउन निर्देशन दिएको हो ।