April 24, 2026, Friday
२०८३ बैशाख ११

सेती प्रादेशिक अस्पतालमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, वैशाख १७ (ई-रैवार)

सेती प्रादेशिक अस्पतालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रादेशिक अस्पतालको प्रयोगशालामा ३६६ नमूना परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले अस्पतालको प्रयोगशालामा ३६६ नमूना परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन ।

सूचना अधिकारी श्रेष्ठका अनुसार कोरोना संक्रमित मध्ये कैलालीको धनगढीका मात्रै ५८ जना रहेका छन्। यस्तै धनगढीबाहेक कैलालीका ३८ जना र अन्य जिल्लाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएका छन्। १० जनाको अवस्था मध्यम रहेकाले साधारण बेडमा राखिएको जनाइएको छ । यस्तै सेती प्रादेशिक अस्पतालमा शुक्रबार मात्रै ३ जनाको ज्यान गएको छ ।

हाल अस्पतालमा ५७ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ३ जना भेन्टिलेटरमा, ९ जना आइसियूमा, ३५ जना अक्सिजन सपोर्टमा उपचाररत छन्।