April 24, 2026, Friday
२०८३ बैशाख ११

सेती प्रादेशिक अस्पतालमा थप २२७ जनामा कोरोना पुष्टि, उपमहानगरपालिकामा मात्रै १३६ जना

धनगढी, वैशाख १५ (ई-रैवार) 

सेती प्रादेशिक अस्पतालमा आज थप २२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३७४ नमूना परीक्षण गर्दा २२७ जनामा संक्रमण पुष्टि भएको हो

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ३७० नमूना परीक्षण गर्दा २२७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन ।

जसमध्ये कैलालीका २०२ जना रहेका छन्। उनीहरुको ठेगाना भने खुलाइएको छैन। धनगढी उपमहानगरपालिकामा मात्रै १३६ जना कोरोना संक्रमित थपिएका छन्। उनीहरुको ठेगाना भने खुलाइएको छैन।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १०० पुरुष र ३६ महिलागरी धनगढीका १३६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

हाल अस्पतालमा ५२ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ३ जना भेन्टिलेटरमा, ८ जना आइसियूमा, २३ जना अक्सिजन सपोर्टमा उपचाररत छन् ।