कोरोना संक्रमण बढेपछि कैलालीमा १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा (सुचना सहित)

धनगढी, वैशाख १४ (ई-रैवार)
कैलाली जिल्लामा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफासिरमा जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ गतेदेखि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार बैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी भएको हो । ‘ अहिलेको कोरोनाको चेन ब्रेक गर्न पनि निषेधाज्ञा गर्नुपर्ने बाध्यता देखियो । यो अवधिमा अत्यावश्यक सेवाबाहेक सबै बन्द रहनेछन ।’ उनले भने, आवश्यक परे निषेधाज्ञाको अवधि थप्न सकिने छ ।
यसअघि सोमबार कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको धनगढीमै बसेको संयुक्त बैठकले दुबै जिल्लामा नाइट लकडाउन मात्रै गर्ने निर्णय गरेका थिए । कैलालीमा मात्रै सक्रिय संक्रमितको संख्या तीन सय बढि छ । कैलाली र कञ्चनपुरका अस्पतालमा गम्भीर प्रकृतिका बिरामी बढेपछि आइसीयु र भेन्टिलेटरको अभाव छ ।







प्रतिकृया दिनुहोस्