April 24, 2026, Friday
२०८३ बैशाख ११

प्रहरी हिरासतमा रहेका २० जना थुनुवामा कोरोना पुष्टि

धनगढी,१४ बैशाख ।

प्रहरी हिरासतमा रहेका २० जना थुनुवामा कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका २० जना थुनुवामा कोरोना पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरुमा कोरोनाको शंका देखिएपछि ६२ जनाको परिक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक भरत चौधरीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक चौधरीका अनुसार  कोरोना पुष्टि भएका थुनुवाहरुलाई छुट्टै राखिएको जनाएको छ ।  हिरासतमा रहेका अन्य थुनुवाहरुको पनि पिसिआर परिक्षणको तयारी भइरहेको चौधरीको भनाई छ ।

‘संक्रमण देखिएकाहरु सबैको अवस्था सामान्य छ’ उनले भने, ‘हामीले अब प्रहरी कार्यालयमा आउनेहरुमाथि पनि कडाइका साथ निगरानी गरिरहेका छौं। यस्तै कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको पनि परीक्षण गर्ने तयारी छ।’