कोरोना जोखिम घटाउन धनगढी उपमहानगरपालिकाले बार अनुसारको सेवा दिने

धनगढी, वैशाख १० (ई-रैवार)
धनगढी उप–महानगरपालिकाले नागरिकलाई सेवा दिन छुट्टाछुट्टै बार तोकेको छ । कोभिड–१९ को जोखिम बढेपछि धनगढी उप–महानगरपालिका भिन्नका वडाका नागरिकलाई सेवा दिन छुट्टाछुट्टै बार तोकेको हो।
धनगढी उप–महानगरपालिकाले बार अनुसारको सेवा बैशाख १२ गते देखि लागु हुने नगरप्रमुख नृपबहादुर वडले बताएका छन् । अति आवश्यक सेवाका लागि भने बार पर्खिनु नपर्ने नगरप्रमुख वडले बताए ।
कोरोना जोखिमका कारण उप–महानगरपालिका कार्यालयमा हुने भिडभाड घटाउन बार अनुसारको सेवा लिने ब्यबस्था मिलाईएको हो नगरप्रमुख वडले भने, ‘वडाहरुमा सेवा नियमित दिईने छ ।’
धनगढी उपमहानगरपालिका वडा नं १४, १८, र १९ का सेवाग्राहीका लागि आईतबार तोकिएको छ । त्यसैगरी १२, १५, १६, १७ को सोमबार, १, २, ८ को मंगलबार, ७, ९, १० र १३ को बुधवार, ५, ६, ११ को बिहीबार र ३, ४ नम्बर वडाको शुक्रवार सेवा लिने पालो निर्धारण गरिएको छ ।
धनगढी उप–महानगरपालिकाबाट बार अनुसार प्रवाह हुने सेवाका बारेमा नगरवासीलाई जानकारी दिन र सोही अनुसारको ब्यबस्था मिलाउन कर्मचारीहरुलाई निर्देशन दिईएको छ ।





प्रतिकृया दिनुहोस्