April 18, 2026, Saturday
२०८३ बैशाख ५

कैलाली र कंचनपुरमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, चैत्र ३१ (ई-रैवार)

सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा आज थप २० जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक अस्पतालको प्रयोगशाला मंगलबार ४९ नमूना परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका १९ जना र कंचनपुरका १ जनागरी २० जनामा कोरना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

सूचना अधिकारी श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा १ का ४ जना, वडा नम्बर ३ का १ जना, वडा नम्बर ५ का ७ जना, वडा नम्बर ६ का १ जना, वडा नम्बर ७ का ३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालले जनाएको छ ।

यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का १ जना, कैलालीको भजनी गाउपालिका नम्बर ५ का २ जना र कञ्चनपुरको बेलौरी नगरपालिका नम्बर ८ का १ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

अहिले अस्पतालमा कुल संक्रमित मध्ये १ जना आइसियू २ जना भेन्टिलेटर र एक जना आईशोलेशनमा राखिएको जनाएको छ ।