June 20, 2026, Saturday
२०८३ असार ६

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

धनगढी, चैत ३० (ई-रैवार)

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एक जना कोरोना संक्रमित विरामीको मृत्यु भएको छ। अस्पतालको कोभिड अस्थायी अस्तालको भेन्टिलेटरमा राखेर उपचाररत एक पुरुषको सोमबार विहान मृत्यु भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिका ३ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो।

जटिल प्रकृतिको स्वासप्रस्वासको समस्या देखिएपछि उनलाई आइतबार नै अस्पताल भर्ना गरिएको थियो। उनको शव व्यवस्थापनको लागि नेपाली सेनासँग समन्वय भइरहेको प्रादेशिक अस्पताल धनगढीले जनाएको छ।