April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा थप ३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार ६ सय ८७ पुग्यो

धनगढी, पुस २० (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा आज थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका २ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज ३२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ५८ नमूना परीक्षण गर्दा ९ महिला र २३ पुरुष गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकामा २३ जना, लम्किचुहा नगरपालिकाका ३ जना, गोदावरी नगरपालिकाका २ जना,  घोडाघोडी नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कन्चनपुरको बेदकोट नगरपालिका, डोटीको दीपायल सिलगढी नगरपालिका र दार्चुलाको मालीकार्जुन गाउपालिकाका १/१ जनामा कोरोना पष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

डडेल्धुरा अस्पतालको प्रयोगशाला २ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार ६ सय ८७ पुगेको छ । संक्रमण पुष्टि भएका ११ हजार ३२ जना डिस्चार्ज भएका छन भने हाल सम्म ५१ जना कोरोना संक्रमितको मृत्यु भएको सामाजीक बिकास मन्त्रालयले छ ।