भूमीहिनको लगत संकलन र लालपूर्जा वितरण गर्न धनगढीमा कार्यालय स्थापना

धनगढी, पुस २० (ई-रैवार)
धनगढी उप–महानगरपालिकाले सोमबार सुकम्वासी लगत संकलन इकाई कार्यालय स्थापना गरेको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले कार्यालयको उद्घाटन गरेका हुन । कार्यालय धनगढी उप–महानगरपालिका वडा नं ५ मा स्थापना गरिएको हो ।
जग्गा हस्तान्तरणको प्रकृया थाल्नका लागि भूमिहीन सुकम्वासी र अब्यबस्थीत बसोवासीको पहिचान, लगत संकलन र प्रमाणिकरणको सबै काम सो कार्यालयबाट संचालन हुने नगरप्रमुख नृपबहादुर वडले बताए ।
धनगढी उप–महानगरपालिकाले कानुनमा ब्यबस्था भए अनुसार स्थानीय तहको सहजीकरण समितिले काम थालेको छ, नगरप्रमुख नृपबहादुर वडले भने, नगरमा रहेका भूमिहीन, सुकम्वासी र अब्यबस्थीत बसोवासीको पहिचान, लगत संकलन र प्रमाणिकरण गरेर जग्गा हस्तान्तरण गरिने छ । नगरप्रमुख वडले बिवाद रहित ढंगले काम थाल्न इकाईमा खटिएका कर्मचारीहरुलाई निर्देशन दिए ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले भूमिहीन सुकम्वासी र अब्यबस्थीत बसोवासीको पहिचान, लगत संकलन र प्रमाणिकरण र लालपुर्जा हस्तान्तरण गर्ने कार्यमा सबै पक्षको सहयोग आवश्यक भएको बताईन । धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले भूमिहीन सुकम्वासी र अब्यबस्थीत बसोवासीको पहिचान, लगत संकलन र प्रमाणिकरण गर्ने काम चाडै अगाडी बढाईने बताए ।
धनगढी उप–महानगरपालिका वडा नं ५ का अध्यक्ष हिरासिंह पातलीले ऐलानी र प्रति जग्गामा बसेकाहरुलाई उप–महानगरपालिकाले सबै सेवा सुविधा दिएर पनि करको दायरमा ल्याउन सकेको बताए ।





प्रतिकृया दिनुहोस्