धनगढी उप–महानगरपालिकाद्धारा पशुस्वास्थ्य शिविरको आयोजना

धनगढी, पुस १६ (ई-रैवार)
धनगढी उप–महानगरपालिकाको आयोजनामा उप–महानगरपालिको वडा नं १२ जुगेडामा बिहीबार एक दिने निःशुल्क पशुस्वास्थ्य तथा बाझोपन निवारण शिविर सुरु भएको छ ।
पशुपालक किसानहरुलाई राहत पुगोस भनेर शिविरको आयोजना गरिएको उप–महानगरपालिकाले जनाएको छ । उप–महानगरपालिकाले बिभिन्न ठाउँमा पशुस्वास्थ्य शिविर संचालन गर्दै आईरहेको छ नगरप्रमुख नृपबहादुर वडले भने, ‘ गाउँटोलमै पुगेर आयोजना गरिने शिविरबाट किसानले बढीभन्दा बढी सेवा लिन सक्नुपर्छ ।’ शिविरमा विज्ञ पशुचिकित्सकहरु खटिएका छन् नगरप्रमुख वडले भने, ‘पशुपन्छीमा रहेका सबै किसिमका रोगको निदान तथा उपचार भैरहेको छ ।’
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले शिविरमा वडा नं १२ का किसानहरु बिरामी र रोगि पशुको उपचार गर्न आईरहेको बताईन । उनले भनिन्, ‘जुगेडा क्षेत्रमा पशुपाल किसानहरुको संख्या बढी भएकाले शिविर संचालन गरिएको हो ।’ शिविरमा वडा नं १२ का अध्यक्ष गणेश प्रसाद जोशी आफै उपस्थीत भएर किसानहरुलाई सहगोग गरिरहेका छन् । पशुचिकित्सक समिर ठाकुरको टोली शिविरमा खटिएको छ ।





प्रतिकृया दिनुहोस्