June 20, 2026, Saturday
२०८३ असार ६

कैलालीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

धनगढी, पुस १५ (ई-रैवार) 

कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा उपचाररत ५० बर्षिय कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि आईसीयूमा राखेर उपचार गराइरहेका पुरुषको बुधबार बिहान मृत्यु भएको हो।

धनगढी उप–महानगरपालिका–३ का ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको कुरा सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन ।