April 18, 2026, Saturday
२०८३ बैशाख ५

कैलालीमा हुने लिटिल फ्लावर प्रिमियर लिग फागुन १५ बाट

धनगढी, पुस  ४  (ई-रैवार)

लिटिल फ्लावर प्रिमियर लिग विद्यालय स्तरिय यु–१९ प्रतियोगिताको पाँचौँ संस्करण फागुन १५ गतेदेखि  २५ गतेसम्म कैलालीको धनगढीमा हुने भएको छ ।  लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सले आज पत्रकर सम्मेलनको आयोजन गर्दै फागुन १५ गतेबाट २४ गते सम्म प्रतियोगिता  हुने जानकारी दिएको हो  ।

लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगिताको तयारी थालिएको जानकारी दिए । ‘विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्न हामीले प्रतियोगिता आयोजना गर्ने गरेका छौँ’ उनले भने– ‘यस पटकको लागि तयारी सुरु भइसकेको छ ।’

लिग कम नक आउटमा खेलाइने प्रतियोगिता धनगढी स्थित सङ्घीय प्रहरी इकाईको खेल मैदानमा जनाइएको छ । प्रतियोगितामा विद्यालय स्तरका यु–१९ का खेलाडीहरूले सहभागिता जनाउने छन् ।  देशभरका करिब १२ विद्यालय प्रतियोगितामा सहभागी हुने शाहीले जानकारी दिए ।

देशभरका करिब १२ विद्यालय प्रतियोगितामा विद्यालय स्तरका यु–१९ का खेलाडीहरूले सहभागिता जनाउने छन । प्रतियोगितामा विद्यालय बाहिरका १९ वर्ष मुनिका २ जना मात्रै खेलाडी सहभागी गराउने जनाएको छ ।

केही दिन भित्रै पुरस्कार राशि घोषणा गरिने लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सका अध्यक्ष शाहीले बताए ।