सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, मंसिर १६ (ई-रैवार)
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलबार ३ सय ७० जनाको परीक्षण गर्दा थप ८१ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए।
उपमहानगरपालिकाको वडा नम्बर १ का ८ जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर ८ का ३ जना, वडा नम्बर २ का २ जना, यस्तै वडा नम्बर ३, ४, ७, ९ १२ र १५ का १/१ जनामा संक्रमण देखिएको उनले बताए।
कैलालीकै टीकापुर नगरपालिका र कैलारी गाउँपालिकाका १५/१५ जना, गोदावरी नगरपालिकाका १० जना, लम्किचुहा नगरपालिकाका ६ जना, मोहन्याल गाउँपालिकाका २ जना, यस्तै जानकी गाउँपालिका र भजन नगरपालिकाका १/१ जनामा समेत कोराना पुष्टि भएको छ।
उता कञ्चनपुरको पुनर्वास नगरपालिकाका ५ जना र भीमदत्त नगरपालिकाका २ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।






प्रतिकृया दिनुहोस्