सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, कार्तिक २६ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ७२ जनाको परीक्षण गर्दा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कोरोना संक्रमण पुष्टी हुनेमा १५ महिला ३९ पुरुष रहेको जानकारी दिएका छन् ।
सूचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका २९ जनामा संक्रमण देखिएका छन् । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर १ का ११ जना, वडा नम्बर २ का ६ जना, वडा नम्बर ८ का ५ जना, वडा नम्बर ५ का ३ जना, त्यसैगरी वडा नम्बर ३, ३, १३ र १६ का १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
कैलालीकै गोदावरी नगरपालिकाका ३ जना, लम्किचुहा नगरपालिकाका, बर्दगोरिया नगरपालिकाका, टीकापुर नगरपालिकाका, घोडाघोडी नगरपालिकाका १/१ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । यस्तै ठेगाना नखुलेका कैलालीकै ८ जनामा समेत कोरोना पुष्टि भएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना, पुर्नवास नगरपालिकाका २ जना, महाकाली नगरपालिकाका र बेल्डानी गाउँपालिकाका १/१ जना, यस्तै बझाङको बुंगल नगगरपालिकाका ३ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन् ।





प्रतिकृया दिनुहोस्