सुदूरपश्चिम प्रदेशमा आईतवार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, कार्तिक २३ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा आईतवार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशमा रहेका ५ वटा प्रयोगशालामा ५ सय १८ जनाको पीसीआर परीक्षणमा १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालमा आज थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आइतबार ३ सय ६७ जनाको पीसीआर परीक्षणमा थप ९१ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टी हुनेमा ३४ महिला ५७ पुरुष रहेको जानकारी दिएका छन् ।
सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टी हुनेमा धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का १ जना, वडा नम्बर २ का ७ जना, वडा नम्बर ३ का २ जना, वडा नम्बर ४ का ५ जना, वडा नम्बर ५ र ७ का ६/६जना, वडा नम्बर ८र १३ का २/२ जना, वडा नम्बर १४ र १८का १/१ जना, वडा नम्बर १२ का २/२जना, वडा नम्बर ८,९ र १० का १/१ जना र धनगढीको स्थानीय तह नखुलेका २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
त्यस्सै गरि कैलालीको टिकापुरका १२ जना, भजनीका २ जना, जोशीपुर, बर्दगोरीया, घोडाघोडीका १/१ जना र कैलालीको स्थानीय तह नखुलेका १२ जनामा पनि संक्रमण पुष्टी भएको छ ।
त्यसैगरि कञ्चनपुरको भिमदत्तका १२ जना, पुर्नवास, ४ जना, कृष्णपुरका २ जना, बेलौरी, शुक्लाफाटा,लालझाडीका १/१ जना, बेदकोटका ३ जना, र कञ्चनपुरका स्थानीय तह नखुलेका १ जनामा पनि संक्रमण पुष्टी भएको हो ।
त्यसैगरि डोटी बडिकेदारका १ जना, डडेल्धुराका १ जना र बाजुराका २ जनामा पनि संक्रमण पुष्टी भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जनाएका छन् ।
उता, अछाम प्रयोगशालाको थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ जना परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कमबजार प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टका अनुसार जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ३ र ८ का १९,१९ बर्षका २ जना पुरुष कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ का ४८ बर्षका पुरुष र बाजुराको बुढीगंगा नगरपालिका ५ का ५५ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।
उता, बैतडी अस्पतालको प्रयोगशालामा ६३ जनाको स्वाव परिक्षण गरिएकोमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा दशरथ चन्द नगरपालिकामा १ जना, बैतडीको नेपाल आर्मी र नेपाल पुलिसमा १/१ जना, सुनैया गाउँपालिकामा १ जना र दार्चुलाको लेकम गाउँपालिकामा १ जना गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको ल्याव टेक्निसियन डम्मर पुजाराले जानकारी दिएका छन् ।
उता, डडेल्धुराको अस्पतालमा ६ जनाको स्वाव परिक्षण गरिएकोमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड सम्पर्क व्यक्ति हरीप्रशाद भटटले कोरोना पुष्टि हुनेमा अमरगढी नगरपालिकाको रहेको बताए ।
यस्तै, बझाङको अस्पतालमा १०३ जनाको स्वाव परिक्षण गरिएकोमा ९ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बझाङका प्रयोगशाला इन्चार्ज नरेश खड्काका अनुसार कोरोना पुष्टि हुनेमा जिल्ला अस्पतालमा कार्यरत ६ जना कर्मचारी, थलारा गाउँपालिकामा २ जना, र जयपृथ्वि नगरपालिकामा १ जनामा कोरोना पुष्टि भएको छ ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ३४ पुगेको छ ।





प्रतिकृया दिनुहोस्