कैलालीको बेहडाबाबामा अस्थायी प्रहरी पोष्ट स्थापना

धनगढी, कार्तिक २२ (ई-रैवार)
बेहडाबाबामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । कैलालीको धनगढी उप–महानगरपालिका वडा नं १६ बेहडाबाबामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो ।
बेहडाबाबामा अस्थायी प्रहरी पोष्टको धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक दिलिप सिंह देउवाले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

नगरप्रमुख वडले लामो समयको प्रयास र सबैको सहयोगबाट बेहडाबाबा क्षेत्रमा अस्थायी प्रहरी पोष्ट स्थापना गर्न सकिएको बताए । यस क्षेत्रको शान्तिसुरक्षाका लागि प्रहरी पोष्ट आवश्यक थियो नगरप्रमुख वडले भने, यसलाई ब्यबस्थीत बनाउदै लगिने छ ।
नगरप्रमुख वडले प्रहरी सबैको साथी भएकाले साथीको ब्यावहार गर्दै यस क्षेत्रको शान्तिसुरक्षा, सामाजिक अभियान संचालन गर्न स्थानीय संग अनुरोध गरे ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक दिलिप सिंह देउवाले समुदाय संग असल सम्वन्ध राखेर काम गर्न प्रहरीलाई निर्देशन दिए ।
तपाईहरुलाई यहाँको शान्ति सुरक्षाको लागि खटाएका हौं प्रहरी उपरिक्षक देउवाले भने, सबैभन्दा पहिले प्रहरीले आफ्नो आचरण ठिक राख्न सकेमा समाजमा गलत गर्नेका बारेमा कुरा उठाउन सकिन्छ । यहाँ प्रहरी सहायक निरिक्षक दिलिप सिंह बडालको कमाण्डामा ७ जना प्रहरी खटाईएको छ ।





प्रतिकृया दिनुहोस्