कैलालीको जोशीपुरबाट साढे दुई लाख सहित २९ जना जुवाडे पक्राउ

कैलाली, कार्तिक १५ (ई-रैवार)
प्रहरीले कैलालीको जोशीपुरबाट २ लाख ५१ हजार नगद सहित २९ जना जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जोशीपुर गाउँपालिका वडा नम्बर १ स्याउलेबाट २९ जनालाई पक्राउ गरिएको बताएका हुन ।
प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्टका अनुसार पक्राउ पर्नेमा कैलाली जोशीपुर गाउँपालिका १ बस्ने बर्ष ३८ को पदम बहादुर साउद, वडा नं २ बस्ने बर्ष ५३ को बिर राम डंगौरा, ४६ को चक्र बहादुर बिष्ट, वडा नं ४ बस्ने बर्ष ३५ को चन्द्र प्रकाश चौधरी, वडा नं १ बस्ने बर्ष ४० को प्रेम सिंह बम, वडा नं २ बस्ने बर्ष ३५ को दिपेन्द्र मौनी, बर्ष २१ को सागर चौधरी रहेका छन ।
त्यस्तै वडा नं १ बस्ने बर्ष ४९ को बिनोद कुमार केसी, बस्ने बर्ष ४९ को ज्ञान बहादुर बम, वडा नं २ बस्ने बर्ष ३८ को राम अवतार चौधरी, वडा नम्बर ४ बस्ने बर्ष ३२ को गंगा लाल चौधरी, वडा नम्बर २ बस्ने बर्ष ३० को बरातीलाल डंगौरा, वडा नम्बर १ बस्न बर्ष ३४ को राम ब. साउद, वडा नम्बर ४ बस्ने बर्ष ४३ को जंजीर चौधरी रहेका छन ।
त्यस्तै सोहो स्थानिय तहका वडा नम्बर ३ बस्ने बर्ष ३० को संजय चौधरी, बर्ष २६ को अर्जुन चौधरी, वडा नम्बर २ बस्ने बर्ष ४३ को ठग्गु प्रसाद डंगौरा, वडा नम्बर ७ बस्ने बर्ष ३५ को तारा हमाल, वडा नम्बर १ बस्ने बर्ष ३५ को यज्ञ बहादुर बिष्ट, वडा नम्बर २ बस्ने बर्ष ४२ को दिर्घ राज जोशी, वडा नम्बर १ बस्ने बर्ष ३५ को देवराज उपाध्याय, वडा नम्बर ४ बस्ने बर्ष २८ को बिमल कुमार चौधरी, वडा नम्बर १ बस्ने बर्ष १८ को सुदन साउद, वडा नम्बर १ बस्ने बर्ष २९ को टेत राम चौधरी, वडा नम्बर १ बस्ने बर्ष ३८ को सन्तोष हमाल, वडा नम्बर ३ बस्ने बर्ष ४० को शिवराज बिनाडी, वडा नम्बर २ बस्ने बर्ष ३९ को प्रकाश कोटकेनी, वडा नम्बर १ बस्ने बर्ष ३९ को भिम ब. बम र भजनी ६ महादेउली बस्ने बर्ष ३१ को बिनायक चौधरी रहेका छन ।
उनीहरुलाई हिरासतमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्टले बताए । पक्राउ पर्नेहरुमा अधिकांश स्थानीय व्यापारी छन । सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह आरआइटी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।





प्रतिकृया दिनुहोस्