April 18, 2026, Saturday
२०८३ बैशाख ५

सेन्टर फर डेमोक्रयटिक ईन्जिनियर्स नेपालद्वारा स्वर्गिय ईन्जिनियर देवकोटाको स्मृतीमा रक्तदान

धनगढी, कार्तिक ४ (ई-रैवार)

प्रोफेसर ईन्जिनियर स्वर्गिय सरोज देवकोटाको स्मृतीमा मंगलबार रक्तदान गरिएको छ । सेन्टर फर डेमोक्रयटिक ईन्जिनियर्स एसोसिएशन पूर्व अध्यक्ष समेत रहेका नेपालका संस्थापक देवकोटाको स्मृतीमा धनगढीमा रक्तदान गरिएको हो ।

सेन्टर फर डेमोक्रयटिक ईन्जिनियर्स नेपाल सुदूरपश्चिम प्रदेश कमिटिको आयोजना तथा धनगढी डाईग्नोष्टिक एण्ड रिसर्च सेन्टरको समन्वयमा रक्तदान गरिएको सेन्टर फर डेमोक्रयटिक ईन्जिनियर्स नेपाल सुदूरपश्चिम प्रदेश कमिटीका सचिव ईन्जिनियर अरुणकुमार जोशीले बताए छन ।

रक्तदान कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले, रक्तदान महादान भएको बताए । अहिले कोरोनाका कारण रगतको अभाव भैरहेको समयमा सेन्टर फर डेमोक्रयटिक ईन्जिनियर्स नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले रक्तदान कार्यक्रमको आयोजना गरेर महान काम गरेको बताए ।

सेन्टर फर डेमोक्रयटिक ईन्जिनियर्स नेपाल सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष ईश्वर भट्टले प्रोफेसर ईन्जिनियर स्वर्गिय सरोज देवकोटाले संस्था र ईन्जिनियरिङ्ग क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । देवकोटाको केहि दिन पहिले कोरोनाका कारण मृत्यू भएको थियो ।

कार्यक्रममा नेपाल ईन्जिनियर्स एसोसिएशनका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष लव प्रसाद जोशी, केन्द्रिय सदस्य जनकराज जोशीको उपस्थीति रहेको थियो ।

कार्यक्रम सेन्टर फर डेमोक्रयटिक ईन्जिनियर्स नेपाल सुदूरपश्चिम प्रदेश कमिटीका सचिव जोशीले गरेका थिए । कार्यक्रममा १८ जनाले रक्तदान गरेको बताइएको छ ।