April 18, 2026, Saturday
२०८३ बैशाख ५

यूकेबाट जन्म दिनको अवसरमा दृष्टि फाउन्डेशनलाई सहयोग

धनगढी, कार्तिक ४ (ई-रैवार)

यूके ईङ्लेण्डको हर्सफिल्डमा बसोबास गर्ने एक नेपाली महिलाले आफ्नो जन्म दिनको अवसरमा धनगढीमा रहेको दृष्टि फाउन्डेशनमा रहेका असहायहरुलाई लुगाकपडा सहयोग गरेकी छन् । आफ्नो ४३ औं जन्म दिवसको अवसरमा लुगाकपडा सहयोग गरेकी हुन ।

धनगढी उप–महानगरपालिका महिला विकास शाखामा कार्यरत अधिकृत सिता केसी र न्यायीक समितिमा कार्यरत नासु तेजु जोशीको स्थानीय समन्वय र अधिकृत सिता केसीकी यूके ईङ्लेण्डको हर्सफिल्डमा थपलियाको घरमा नै बस्ने छोरी नान्सी कठायतको समन्वयमा लुगाकपडा प्राप्त भएको थियो ।

प्राप्त ३६ थान मोटो उलन कुर्ती, उलन ट्राउजर ४ थान, जाकेट ४ थान, मोटो कम्वल ६ थान दृष्टि फाउन्डेशनका संचालिका कल्पना भट्टलाई हस्तान्तरण गरिएको छ । दृष्टि फाउन्डेशनका संचालिका कल्पना भट्टले अमेरीकामा रहेर पनि असहायहरुका लागि सहयोग गर्ने मनकारी र धनगढीबाट समन्वय गर्ने सबैप्रती आभारी रहेको बताईन । अहिले दृष्टि फाउन्डेशनका संचालिका कल्पना भट्टले अहिले ४५ जना दृष्टि फाउन्डेशनमा असहाय महिलाहरु रहेको बताएकी छन ।