April 18, 2026, Saturday
२०८३ बैशाख ५

धनगढीमा ड्युटीमा खटिएका असईसहित दुई प्रहरी बेपत्ता

धनगढी, कार्तिक २ (ई-रैवार)

एक अस्थायी प्रहरी चौकीमा कार्यरत २ जना प्रहरी ड्युटीकै अवस्थाबाट वेपत्ता भएका छन् ।

धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँद शनिबार साँझदेखि वेपत्ता भएका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले उनीहरु दुवै जना ड्युटीमा खटिएका बेला वेपत्ता भएको जानकारी दिए ।

यसैबीच नेपाल भारत सीमा नजिकै मोहना नदीमा एक जनाको शव फेला परेको छ । नदीमा घोप्टो अवस्थामा रहेको शवको पहिचान भने नभएको प्रहरी वरिष्ठ उपरिक्षक सिहले बताए ।

उक्त शव वेपत्ता प्रहरीकै हुनसक्ने अनुमान गरिएको छ । अहिले सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदी पनि घटनास्थल पुगेका छन् ।