शिलालेखमा नाम नराखेको भन्दै उपमेयरले बजारिन ढुङ्गा

धनगढी, कात्तिक १ (ई-रैवार)
शिलालेखमा आफ्नो नाम उल्लेख नगरेको भन्दै सार्वजनिक कार्यक्रममै उप प्रमुखले शिलालेखमै ढुंगाले हिर्काएकी छन् ।
कैलालीको घोडाघोडी नगरपालिकामा शनिबार वडा कार्यालयको भवन उद्घाटन गर्न आयोजना गरिएको सार्वजनिक कार्यक्रममै उप प्रमुख प्रेमकुमारी थापाले शिलालेखमा आफ्नो नाम उल्लेख नगरेको भन्दै शिलालेखमै ढुंगाले हिर्काएकी हुन ।
घोडाघोडी नगरपालिकाको नवनिर्मित वडा नम्बर ७ को भवन उद्घाटनका क्रममा मेयर ममताप्रसाद चौधरी र उपमेयर प्रेमकुमारी थापाको विवाद छताछुल्ल भयो । मेयर चौधरीले वडा नम्बर ७ को भवन उदघाटन गरिरहँदा उपमयेर थापा भने शिलालेखमा ढुंगा हान्न पुगिन् ।
कैलालीको घोडाघोडी नगरपालिकाको तीन वटा वडाले आफ्नै भवन बनाएका छन् । नम्बर ७, ५ र १२ ले भवन निर्माण गरेका हुन् । वडा नम्बर ७ को भवन उद्घाटनका क्रममा शिलालेखको अनावरण गरिरहेका बेला ढुंगा प्रहार भएपछि उप प्रमुख थापा र प्रमुख चौधरी बीच हात हालाहाल भएको हो ।
शिलालेखमा प्रमुखको नाम समावेश भएको तर आफ्नो नाम नभएको भन्दै उपप्रमुख थापा आक्रोसित बनेकी हुन् । शिलालेखमा मेयर र वडा पदाधिकारीको मात्र नाम लेखेर आफ्नो नाम छुटाएको भन्दै उपमेयर थापाले शिलालेखमा ढुंगा हानेकी हुन् । उनले मेयरविरुद्ध नाराबाजी गरिन् ।
मेयरले रोक्न खोजे तर, विवाद झन चर्कियो । ‘उपमेयरलाई अपमान गर्ने मुदार्बाद’ ‘घोडाघोडी मेयर मुर्दावाद’ ‘महिला भनेर अपमान गर्ने मुर्दावाद’ उनले नारा लगाइन् ।
शिलालेख परिवर्तन गरेर आफ्नो नाम समावेश नगर्दासम्म वडा कार्यालय उद्घाटन गर्न नदिने उनले बताइन् । वडाध्यक्ष धनबहादुर बमले मेयर र उपमेयर दुबैलाई जान आग्रह गर्दै भने, ‘वडाध्यक्षले उद्घाटन गर्छ, वडा सदस्यहरु सहभागी हुन्छन् ।’
प्रमुख विरुद्ध उपप्रमुख थापाले नाराबाजी गर्दै शिलालेखमा ढुङ्गा र मुक्का प्रहार गरेकी हुन् । कार्यपालिकामा कुनै छलफल नगरी प्रमुखले एकलौटी ढंगले आफ्नोमात्र नाम लेख्न लगाएको उनको आरोप छ ।





प्रतिकृया दिनुहोस्