सेती प्रादेशिक अस्पतालमा थप ४७ जनामा कोरोना संक्रमण पु्ष्टि

धनगढी, असोज ३० (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पु्ष्टि भएको छ। प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा १ सय ८० जनाको परीक्षण गर्दा कैलालीका ४३ सहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ४३ र कञ्चनपुरका ४ जनागरी ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।
कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। उपमहानगरपालिकाको वडा नम्बर १ का ५ जना, वडा नम्बर २, ३ र ५ का ३/३ जना, वडा नम्बर ४ र ८ का २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। यस्तै वडा नम्बर नखुलेका १६ जना, त्यसैगरी वडा नम्बर ७ र १३ का १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।
यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ३ जना, लम्किचुहा नगरपालिका–३ का १ जना र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण पुष्टि भएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका ३ जना र पुर्नरवास नगरपालिका– ३ का १ जनामा पनि संक्रमण देखिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन ।





प्रतिकृया दिनुहोस्