April 18, 2026, Saturday
२०८३ बैशाख ५

पत्रकार निर्मला मृत्यु प्रकरण : न्याय नपाएको भन्दै आन्दोलन गर्ने घोषणा

धनगढी,असोज ३० (ई-रैवार)

पत्रकार निर्मला पहराइलाई न्यायको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ। धनगढीमा आज संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न संघ संस्थाहरुले पहराइ मृत्यु प्रकरणमा दोषीलाइ उन्मुक्ती दिने षड्यन्त्र भएको भन्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

पत्रकार पत्रकार पहाराईको हत्या आरोपमा पक्राउ परेका उनका प्रेमी भनिएका ललित जाग्रीलाई धरौटीमा छाडिएको, शव परीक्षण रिर्पोट समेत गलत भएको भन्दै आन्दोलन गर्न बाध्य भएको मृतकका दाजु विशाल पहराइले बताए।

आन्दोलनका कार्यक्रम अन्तरगत आज दिउँसो २ बजेदेखि पूर्व पश्चिम राजमार्ग सहित कैलालीका सबै क्षेत्रमा अनिश्चितकालका लागि यातायात बन्द गर्ने, सुखडमा ¥याली सहित प्रदर्शन गर्ने, टायर बाल्ने तथा अनिश्चितकालिन चक्का जाम गर्ने कार्यक्रम तय भएको मिशन अम्बेडकर नेपालका अध्यक्ष मनोज जैगडीले बताए।

गत ३१ भदौमा घरबाट हराएकी पहराई असोज २ गते कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ को सामुदायिक वनमा मृत अवस्था फेला परेकी थिईन्।