सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ६० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, असोज २८ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय ३२ जनाको कोरोना परीक्षण हुदाँ ६० जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले संक्रमित हुनेहरुमा कैलालीका ५१ जना, कञ्चनपुरका ८ जना, र बझाङका १ जना गरि ६० जना रहेका बताए ।
धनगढीका थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । धनगढी उपमहानगरपालिकाको वडा नखुलेका ८ जना, वडा नम्बर १ र ३ का ६/६ जना, वडा नम्बर २, ४, ५ का ३/३ जना, वडा नम्बर ७ का २ जनामा कोरोना पुष्टि भएको छ ।
त्यसै गरि कैलालीको टिकापुरका र गोदावरीका ७/७ जना कैलारीका ४ जना, लम्कीचुहाका,भजनीका १ / १ जनामा संक्रमण पुष्टी भएको छ ।
कञ्चनपुरको बेदकोटका ४ जना, बेलौरी र पुर्नवास १ / १ जना र कञ्चनपुरका स्थानीय तह नखुलेका २ जनामा पनि संक्रमण पुष्टी भएको छ । त्यसैगरि बझाङको थलाराका १ जनामा संक्रमण पुष्टी भएको सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जनाएका छन् ।





प्रतिकृया दिनुहोस्