सेती प्रादेशिक अस्पतालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, असोज २५ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा आज थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ४ सय ६२ जनामा गरिएको गरिएकोमा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
उपमहानगरपालिकाको वडा नम्बर १ का १२ जना, वडा नम्बर ९ का ५ जना र वडा नम्बर २, ३ र ४ का ३/३ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
यस्तै वडा नम्बर ५, ६, १५ र १६ का एक/एक जना, त्यसैगरी वडा नखुलेका २ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीकै लम्किचुहा नगरपालिकाका १० जना, टीकापुर नगरपालिकाका १० जना, गौरीगंगा नगरपालिका–१ का ४ जना, गोदावरी नगरपालिकाका ३ जना र भजनी नगरपालिका–५ का २ जनामा समेत कोरोना पुष्टि भएको बताए ।
कञ्चनपुरको बेदकोट नगरपालिकाका ७ जना, पुर्नरवास नगरपालिका र भीमदत्त नगरपालिकाका ४/४ जनामा भाइरसको संक्रमण देखिएको छ। त्यस्तै बैतडी सुर्नया गाउँपालिका–१ का एक जनामा पनि कोरोना पुष्टि भएको बताइएको छ ।






प्रतिकृया दिनुहोस्