सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, असोज २३ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज थप ४९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ९३ जनाको परीक्षण गरिएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको हो।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।
सूचना अधिकारी श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ का ५ जना, वडा नम्बर ५ का ४ जना, वडा नम्बर ३ र ४ का २–२ जना, वडा नम्बर ६ र १३ का १–१ जना र वडा नखुलेका ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म धनगढीमा ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गोदावरी नगरपालिकाका ७ जना, भजनी नगरपालिकाका ३ जना, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सूचना अधिकारी श्रेष्ठका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिकाका ६ जना, भीमदत्त नगरपालिकाका ५ जना, पुर्नवास नगरपालिकाका २ जना, कृष्णपुर नगरपालिका ५ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
डडेल्धुराको भागेश्वर गाउँपालिका र सुर्खेतको सिंगाढका १–१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।





प्रतिकृया दिनुहोस्