कैलालीमा प्रहरी प्रमुख सहित २२ जनालाई कोरोना संक्रमण पुष्टि, संक्रमित प्रहरीको संख्या २ सय २८ पुग्यो

धनगढी, असोज २१ (ई-रैवार)
कैलालीका प्रहरी प्रमुख सहित २२ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबरा सहित २२ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि हो ।
सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेश कुमार सिंहले सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा प्रहरी उपरिक्षक (एसपी) जबरालाई मंगलवार कोरोना पुष्टि भएको जानकारी दिएका छन । प्रहरी वरिष्ठ उपरिक्षक सिंहका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनी कार्यालयको आईसोलेसनमा बसेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत आज थप २२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २२ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिएका छन ।
उनीहरुलाई आईसोलेसनमा राखिएको प्रवक्ता प्रहरी नायव उपरिक्षक विष्टले बताए । मंगलवार जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक जबरा सहित ४ जना प्रहरी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो संगै सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमित प्रहरीको संख्या २ सय २८ पुगेको छ। १ सय २४ जना संक्रमण मुक्त भएका छन् भने १ सय ४ जना संक्रिय कोरोना संक्रमित रहेका छन् ।





प्रतिकृया दिनुहोस्