अवैध सुनका गरगहना बरामद प्रकरणमा थप एकजना पक्राउ

धनगढी, असोज ११ (ई–रैवार)
सीमा नाकाबाट अवैध सुनका गरगहना बरामद प्रकरणमा थप एकजना पक्राउ परेका छन् । कञ्चनपुर प्रहरी र क्षेत्रिय अनुसन्धान समूह आरआईटीको संयुक्त टोलीले अवैध सुन प्रकरणमा अनुसन्धानका लागि थप एक जनालाई नियन्त्रणमा लिईएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले अवैध सुन प्रकरणमा अनुसन्धानका लागि थप एकजनालाई नियन्त्रणमा लिईएको जानकारी दिएका छन ।
प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापा का अनुसार पक्राउ पर्नेमा डोटीको केआईसिह गाउँपालिका २ का २८ वर्षीय शिव भुल रहेका छन् । उनलाई कञ्चनपुरको कृष्णपुर नगरपालिकाको रैकवारविचवा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक थापाले बताए ।
कञ्चनपुर प्रहरी र क्षेत्रिय अनुसन्धान समूह आरआईटीको संयुक्त टोलीले शनिबार सुनका गरगहना सहित भारतबाट फर्किदै गरेका दुई जना पक्राउ गरेको थियो ।
यसअघि पक्राउ परेका दुवै जना डोटीको केआईसिह गाउँपालिका २ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेल हुन् । उनीहरुबाट चार सय ४० ग्राम छ सय ३० मिलिग्राम बराबरका विभिन्न गरगहना बरामद गरिएको थियो ।





प्रतिकृया दिनुहोस्