कर्मचारीमा संक्रमण पुष्टि पछि मालपोत कार्यालय ९ गतेसम्मका लागी सिल

धनगढी, असोज ७ (ई–रैवार)
मालपोत कार्यालय धनगढीका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । मालपोत कार्यालय कैलालीका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आज देखि शुक्रवार सम्मका लागि कार्यालय सिल गरिएको हो ।
कार्यालयमा कार्यरत पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको कार्यालय प्रमुख सुरेन्द्र केसीले जनाएका छन् । कर्मचारीमा संक्रमण पुष्टि भएपछि प्रशासनिक कामबाहेक सम्पूर्ण सेवा बन्द गरिएको मालपोत अधिकृत केसीले बताए।
आगामी ९ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको केसीले बताए। एक जना कर्मचारीमा कोरोना पुष्टी भए पछी मालपोत कार्यालयमा रहेका सबै कर्मचारीमा कोरोना परिक्षण गर्ने तयारी गरिएको छ ।
मालपोत अधिकृत केसीले कार्यालयमा रहेका ५० जना कर्मचारीको आज पिसिआर गरिने बताए । कार्यालय सिल भएपछि सम्पुर्ण सेवा बन्द भएको छ ।
तीन महिनादेखि सेवा बन्द भएकाले आइतवारदेखि सेवाग्राहीको भिड बढेको थियो, उनले भने,–‘सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्नका लागि आग्रह गर्दा समेत मान्दैनन् ।’






प्रतिकृया दिनुहोस्