कैलालीमा पत्रकार मृत फेला

धनगढी, आश्विन २ (ई-रैवार)
कैलालीमा एक पत्रकार मृत अबस्थामा फेला परेकी छिन् । घोडाघोडी नगरपालिकामा रहेको कैलाली एफएममा कार्यरत २३ बर्षीया पत्रकार निर्मला पहारी मृत अबस्थामा फेला परेकी हुन् ।
घटनास्थल पुगेका नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीका सहसचिव श्रवण देउवाले पत्रकार निर्मला पहारी झुण्डिएको अवस्थामा मृत फेला परेको जानकारी दिएका छन । उनका अनुसार घोडाघोडी नगरपालिका वडा नम्वर ४ की पहारी जिल्लाको कैलाली एफएममा कार्यरत थिईन्।
ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नायव उपरिक्षक सागर बोहराले घटनास्थलमा प्रहरी निरिक्षकको टोली खटाइएको बताउँदै थप अनुसन्धान भईरहेको जानकारी दिएका छन ।
प्रहरी नायव उपरिक्षक बोहराका अनुसार वडा नम्वर ५ मा उनी मृत फेला परेकी हुन्। तीन दिनअघि घरबाट सुख्खड जान्छु भनि हिडेकी पत्रकार पहारी त्यसयता सम्पर्क बिहिन थिईन्।





प्रतिकृया दिनुहोस्