सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, आश्विन १ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १६ र कञ्चनपुरका ६ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टमा परिक्षण गरिएका ३ सय ३३ नमुनाहरुमध्ये २२ जनामा संक्रमण पुष्टि भएको हो ।
सूचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का १ जना, वडा नम्बर ५ का १ जना, वडा नम्बर २ का ६ जना, धनगढीकै वडा नम्बर नखुलाका १ जना र गौरीगंगा नगरपालिका वडा नम्बर ६ का ३ जना, भजनी नगरपालिका वडा नम्बर ५ का ३ जना, गोदावरी नगरपालिका वडा नम्बर ४ का १ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर २ का १ जना, पनर्वास नगरपालिका वडा नम्बर ५ का ४ जना र बेलौरी नगरपालिकाका १ जनामा संक्रण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ४ सय २५ जनाको कोरोना परीक्षण भएको छ। अहिले सेती प्रादेशिक अस्पतालमा १० पुरुष र ६ महिला गरी १६ जना संक्रमितको उपचार भईरहेको छ ।






प्रतिकृया दिनुहोस्