प्रहरी हिरासतमा मृत युवकको शव आफन्तले बुझे, घट्नाका बारेमा मानब अधिकार आयोगले अनुगमन गर्ने

धनगढी, भदौ २७ (ई-रैवार)
प्रहरी हिरासतमा मृत अवस्थामा भेटिएका युवकको शव आफन्तले बुझेका छन् । प्रहरीले घटनाको छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरेपछि शुक्रबार साझ पोस्टमार्टम गरेर आफन्तले शव बुझेका हुन् ।
प्रहरी थुनुवा कक्षको शौचालयभित्र मृत फेला परेका युवक घट्नाका बारेमा राष्ट्रिय मानबअधिकार आयोगले जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षको अनुगमन गर्ने भएको छ ।
भदौ २२ गते चोरी आरोपमा पक्राउ परेका १९ वर्षीय बिक हिजो बिहान प्रहरी थुनुवा कक्षको शौचालयभित्र मृत फेला परेका थिए । प्रहरीले बिकले आत्महत्या गरेको बताएपनि मृतकका आफन्तले भने कुटपिट गरी हत्या भएको आरोप लगाएका छन् ।
राष्ट्रिय मानब अधिकार आयोग सुदूर पश्चिम प्रादेशिक कार्यालयका निर्देशक झंकर रावलले आज प्रहरी थुनुवा कक्षको अनुगमन गरी त्यहाँको बस्तुस्थिति र घट्नाका बारेमा जानकारी लिने बताएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले हिजोमात्रै युवक घटनाको छानबिन गर्न सशस्त्र प्रहरी गण धनगढीका प्रहरी उपरीक्षक राजीव बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो ।





प्रतिकृया दिनुहोस्