April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिममा थप ६ जना कोरोना संक्रमण मुक्त, संक्रमण मुक्त हुनेको संख्या ५ हजार ४ सय ६७ पुग्यो

धनगढी,  भदौ २७ (ई-रैवार)  

सुदूरपश्चिम प्रदेशमा थप ६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संगै सुदूरपश्चिम प्रदेशमा ५ हजार ४ सय ६७ संक्रमितले कोरोना संक्रमण मुक्त भएका हुन ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले शुक्रवार कैलालीका ५ र कञ्चनपुरका १ जनालाई डिस्चार्ज गरिएको जानकारी दिएका छन् ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख कार्कीले  नियमित प्रेस ब्रिफिङमा यो संगै प्रदेशमा ५ हजार ४ सय ६७ जना संक्रमितले कोरोना जितेको जानकारी दिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका १ हजार ५ सय १ जना कोरोना संक्रमण मुक्त भएर  घर फर्किएका छन् ।

यस्तै डोटीका ९ सय सात, अछामका ८ सय ९३, कञ्चनपुरका ६ सय ७४ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ ।

बाजुराका ४ सय ४२ जना, बझाङका ३ सय ६४, बैतडीका ३ सय २५, डडेल्धुराका ३ सय १६ र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन्।

सुदूरपश्चिम प्रदेशमा हालसम्म ७१ हजार ६ सय ४९ जनाको स्वाबको नमूना सांकलन भएकोमा ९ सय ८२ स्वाबको रिर्पोट आउन बाँकी रहेको छ । सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ४ सय ६ पुगेको छ ।  उनीहरु मध्ये १४ जनाको मृत्यु भईसकेको छ।