प्रधानमन्त्रीद्वारा लक्ष्मीपूजाको शुभकामना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा लक्ष्मीपूजाको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले बिहीबार सामाजिक सञ्जालमा लेख्नुभएको छ, “आज तिहारको लक्ष्मीपूजा ! सबैको घरआँगन उज्यालो होस् ! सबैको परिवारमा सुखशान्ति छाओस् !!”...






