October 23, 2024, Wednesday
७ कार्तिक २०८१, बुधबार

कर्णाली र सुदूरपश्चिम प्रदेश वर्तमान सरकारको प्राथमिकतामा रहेको छ : उपप्रधानमन्त्री खड्का

सुर्खेत । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली र सुदूरपश्चिम प्रदेश वर्तमान सरकारको प्राथमिकतामा रहेको बताएका छन् । शुक्रबार वीरेन्द्रनगरमा पत्रकारसँग कुराकानी उपप्रधान एवं रक्षामन्त्री खड्काले कर्णाली र सुदूरपश्चिम प्रदेश वर्तमान गठबन्धन नेतृत्वको सरकारको प्राथमिकतामा रहेको बताएका हुन् ।

कर्णाली र सुदूरपश्चिम प्रदेश हरेक दृष्टिकोणबाट पछि पारएिकाले यी प्रदेशको रूपान्तरणका निमित्त आफू र प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको मन्त्री खड्काले बताए ।

‘चुनावको बेलामा प्रचण्ड र मैले सँगै कर्णालीका जिल्लाहरूमा चुनावी सभालाई सम्बोधन गरेका थियौँ,’ खड्काले भने,‘ अहिले त्यही अनुसार हामी कर्णालीको विकासका निमित्त हामी अग्रसर र प्रतिबद्ध छौँ ।’

उपप्रधान एवं रक्षामन्त्री खड्काले कर्णालीमा नेपाली सेनाको माध्यमबाट भइरहेका विकासे कामहरूको अनुगमन गर्ने समेत तयारी भइरहेको बताए ।

खड्काले अहिले अर्थतन्त्र ऋणात्मक भएका कारण सरकारसामु केही समस्या रहेको उल्लेख गरे । यद्यपि अर्थतन्त्रलाई उकास्नतर्फ सरकार अग्रसर रहेको उनको भनाइ छ ।