नेपालमा सार्वजनिक प्रसारण सेवाको सपना

रेडियो नेपाल र नेपाल टेलिभिजनलाई विश्वव्यापी रूपमा स्थापित मान्यताअनुरूप सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण गर्दा नेपालको समग्र मिडिया परिदृष्यमा विशिष्ठ प्रभाव पर्ने विश्वास राखी नेपाल सरकारले नेपाल सरकारले आ.व. ०७१–०७२ को बजेट वक्तव्यमा, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाभी सार्वजनिक सेवा प्रसारणको रूपमा सञ्चालन गर्ने सम्बन्धमा कानूनी तथा संस्थागत संरचना तयार गर्ने कार्यक्रम समावेश गरेको थियो । त्यसपछिका हरेक वर्ष यो योजना सरकारको नीति र बजेटमा राखिँदै आएको छ । तर, अझै ठोस काम भने हुनसकेको छैन ।
सरकारको प्रत्यक्ष नियन्त्रणमा रहने आमसञ्चार माध्यमको राजनीतिक रूपमा दुरूपयोग हुनसक्ने कुरालाई मनन गरी सरकारी सञ्चार माध्यम मध्ये रेडियो नेपाल र नेपाल टेलिभिजनलाई राजनीतिक हस्तक्षेपबाट पूर्णत मुक्त राखी विषयवस्तुका आधारमा देशका अन्य रेडियो वा टेलिभिजन प्रसारकभन्दा पृथक प्रसारण संस्थाको रूपमा सञ्चालन गर्नु समयको माग हो ।
नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकलाई सुनिश्चित गरी प्रसारणका माध्यममा सबैको पहुँचलाई निःशुल्क र्पुयाई सुसूचित गर्ने तथा सक्रिय नागरिक उत्पादन गर्ने लक्ष्य अन्र्तगत सार्वजनिक सेवा प्रसारण स्थापना गर्नु परेको हो । समावेशी, बहुलवादी तथा सूचनामा आधारित समाज विकास गर्न तथा नागरिक संवादको साझा मञ्चका रूपमा प्रसारण माध्यमलाई लिने अभिप्राय पनि यसमा अन्तरनिहीत छ । सार्वजनिक सेवा प्रसारणको माध्यमबाट राष्ट्रिय एकता र सामाजिक सद्भावलाई प्रवद्र्धन गर्न सकिन्छ । सूचना प्रविधि क्षेत्रका आधुनिक विकासलाई प्रयोग गर्दै प्रसारणका माध्यमलाई बहुच्यानलमार्फत विस्तार गर्दै सूचना, ज्ञान र व्यवहारिक शिक्षामूलक कार्यक्रम उत्पादन र प्रसारण गर्नु आजको समयको आवश्यक्ता पनि हो ।
सम्पादकीय स्वतन्त्रताको अधिकतम् सुनिश्चितता गरी गुणस्तरीय, सन्तुलित एवम् विश्वसनीय प्रस्तुतिमार्फत स्वच्छ जनमत तयार गर्न तथा राष्ट्रिय संस्कृतिमा आधारित स्वस्थ मनोरञ्जनात्मक कार्यक्रम उत्पादन र प्रसारण गरी राष्ट्रको सांस्कृतिक संरक्षण र विकास गर्न सरकारी नियन्त्रणमा रहेको रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण सेवामा रूपान्तरण गर्न निकै ढिला भैसकेको छ ।
लोकप्रिय सार्वजनिक सेवा प्रसारणले सार्वजनिक हितलाई सर्वोपरी ठर्हयाउँदै हरेक कार्यक्रमलाई आमजनताका निम्ति उपयोगी बनाउनु पर्दछ । सार्वजनिक हितको लक्ष्यविना प्रसारणको निरन्तरताको कुनै औचित्य रहँदैन, तर स्रोता र दर्शकविना साँचो अर्थमा सार्वजनिक हितको लक्ष्य प्राप्त गर्न पनि सकिँदैन ।
सार्वजनिक सेवा प्रसारणलाई समाजमा विद्यमान विचार र दष्टिकोणका विविधतालाई विना भेदभाव स्थान प्रदान गर्ने माध्यमका रूपमा लिइन्छ । विषयगत रूपमा यस्ता प्रसारण संस्थाले जातीय र अल्पसंख्यक समूह, महिला, युवा, बालबालिका, पिछडा वर्गका सवाल र आवाजलाई मुखरित गर्दछन् । नाफामुखी व्यापारिक प्रसारण संस्थाहरूले सामान्यतया मुनाफा नहुने विषयमा कार्यक्रम उत्पादन गर्दैनन् वा गर्न सक्दैनन् । तर सार्वजनिक सेवा प्रसारणले भने यस्तै आवाजहरूलाई मुखरित गरेकै कारण अरु प्रसारण संस्था भन्दा पृथक भई आफ्नो विशिष्टता स्थापित गर्न सक्दछन् ।
आर्थिक स्रोत वा विज्ञापनको आधारमा व्यापारिक स्वार्थ , जनसरोकार वा जनहितका विषयलाई विस्थापित गर्ने अवस्था पनि कायम हुनु हुँदैन । विचार अभिव्यक्तिमा विविधता र बहुलताको प्रत्याभूति पनि उत्तिकै जरुरी छ । बजारले तय गरे भन्दा पृथक एवं निहित राजनीतिक स्वार्थ भन्दा माथि उठी देशका आम जनतामाझ निष्पक्ष तथा सहज रूपले प्रसारण सेवा र्पुयाउनु प्रजातान्त्रिक एवं लोककल्याणकारी सरकारको कर्तव्य पनि हो ।
जाइकाको सहयोगमा सन २०१३ मा सञ्चालित मिडिया फर पिस परियोजनाको प्रतिवेदनमा रेडियो नेपालले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका निष्पक्ष एंव आधिकारिक सूचना सहित नागरिक सम्वादको साझा मञ्चका रूपमा प्रसारण माध्यमलाई विकास गर्न, समावेशी तथा बहुलवादी समाज निर्माणमा सघाउन, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई प्रवद्र्धन गर्न, उपलब्ध आधुनिक प्रविधिको प्रयोग गरी राष्ट्रिय संस्कृतिमा आधारित व्यवहारिक, शिक्षामूलक, सूचनामूलक, विकासमूलक एवं स्वस्थ तथा मनोरञ्जनात्मक कार्यक्रम उत्पादन र प्रसारण गर्न तथा गुणस्तरीय, सन्तुलित एवम् विश्वसनीय प्रस्तुतिमार्फत स्वच्छ जनमत तयार। गर्ने उद्देश्यका साथ कार्यक्रम निर्देशिका पनि तयार गरी सकेको छ । तर त्यस दिशामा सार्वजनिक सेवा प्रसारणमा विधिसम्मत रूपान्तरण नभएकोले सो योजना कार्यान्वयनमा आउन सकेको छैन ।
नेपाल सरकारले दोस्रो जनआन्दोलनको लगत्तै पछाडि, २०६३ सालमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीको नेतृत्वमा सार्वजनिक प्रसारण प्रतिष्ठानको सम्बन्धमा व्यवस्था गर्ने विधेयकको मसौदा तयार पार्न लागाएको थियो । सो प्रतिवेदनको आधारभूत मार्ग–निर्देशक सिद्धान्त शीर्षकमा देशको जातीय, साँस्कृतिक र भौगोलिक विविधतालाई उचित महत्व प्रदान गर्नुपर्ने जनाइएको थियो । मसौदामा सार्वजनिक सेवा प्रसारणले सन्तुलन, निष्पक्षता र नेपालको साँस्कृतिक विविधतालाई समेट्नुपर्छ भन्ने प्रावधान पनि राखिएको थियो । मसौदामा रेडियो नेपाल र नेपाल टेलिभिजनले कृषि, अर्थ, उद्योग, व्यापार–व्यवसाय, ग्रामीण विकास, आय आर्जन, पशुपालन, सञ्चार, शिक्षा, स्वास्थ्य, सरसफाई, वातावरण तथा वातावरण संरक्षण, विविध संस्कृति, ऐतिहासिक तथा राष्ट्रिय सम्पदाको संरक्षण अनि जीवनोपयोगी शिक्षामूलक तथा जानकारीमूलक कार्यक्रम उत्पादन र प्रसारण गर्ने व्यवस्था गरिनुपर्ने उल्लेख गरिएको थियो ।
२०७२ सालमा निर शाह संयोजक र पंक्तिकार समेत सदस्य रहेको कार्यदलले सार्वजनिक सेवा प्रसारणलाई राजनीतिक सम्वाद र वहसका निम्तिसमेत निष्पक्ष मञ्चका रूपमा विकसित गर्ने विषयलाई प्रष्ट शब्दमा उल्लेख गर्नुपर्ने धारणा राख्दै सो सम्बन्धि कानुनमा रेडियो नेपाल र नेपाल टेलिभिजनमा पूर्ण सम्पादकीय स्वतन्त्रताको प्रत्याभूति गनुपर्ने तथा समसामयिक र राष्ट्रिय महत्वका मामिलामा आलोचनात्मक र वैकल्पिक धारणाहरूलाई सम्मान, महत्व र स्थान प्रदान गर्न सक्ने वहुलवादी आमसञ्चार माध्यमका रूपमा विकसित गर्ने प्रष्ट लक्ष्य तोकिनु पर्दछ भन्ने सुझाव दिएको थियो । सार्वजनिक प्रसारण संस्थाका अन्तर्वस्तुमा समाजको विविधताको तस्वीर झल्किनु पर्दछ ।
मान्यताः नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई सुनिश्चित गर्ने मान्यता प्रचलनमा ल्याउन सार्वजनिक सेवा प्रसारणको स्थापना गर्नु परेको हो । यस्तो संस्थाले मूल रूपमा प्रसारणको माध्यममा सवैको पहुँच निःशुल्क रूपमा र्पुयाई सक्रिय नागरिक जनमत सिर्जना गर्ने,नागरिक संवादको साझा मञ्चको माध्यमको रूपमा सार्वजनिक सेवा प्रसारणलाई विकास गर्ने ,समावेशी, बहुलवादी तथा सूचनामा आधारित समाज विकास गर्ने मान्यताहरूलाई अवलम्बन गर्नु पर्दछ ।
साथै,राष्ट्रिय एकता र सामाजिक सद्भावलाई आमसञ्चारद्वारा प्रवद्र्धन गर्ने, सूचना प्रविधि क्षेत्रका आधुनिक विकासलाई प्रयोग गर्दै प्रसारणका माध्यमलाई विविध च्यानल मार्फत विस्तार गर्ने ,सूचना ज्ञान र व्यावहारिक एवं शिक्षामूलक कार्यक्रम उत्पादन र प्रसारण गर्ने ,राष्ट्रिय संस्कृतिमा आधारित स्वस्थ मनोरञ्जनात्मक कार्यक्रम उत्पादन र प्रसारण गरी नेपालको राष्ट्रिय एकतालाई सवल बनाउन देशका सबै संस्कृतिको संरक्षण र विकास गर्ने तथा सम्पादकीय स्वतन्त्रताको अधिकतम सुनिश्चितता गरी गुणस्तरीय, सन्तुलित एवं विश्वसनीय प्रस्तुति मार्फत


