गण्डकी सरकारले पायो पूर्णता, थप ६ जना मन्त्रीले लिए शपथ

पोखरा, साउन ८ (ई–रैवार)
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार गठन भएको ४२ दिनपछि आज मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रदेशका नवनियुक्त ६ जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएपछि पूर्णता पाएको हो ।
कांग्रेस र माओवादीका तीनरतीन जनाले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ गराएकी हुन् ।
माओवादीबाट अर्थमन्त्रीमा रामजी बराल, भूमि व्यवस्था, कृषि, सहकारी, तथा गरिबी निवारण मन्त्रीमा चन्द्रबहादुर बुढा, वन, वातावरण तथा भू–संरक्षण मन्त्रीमा दीपक थापाले शपथ लिएका छन् ।
कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रीमा कांग्रेसका विन्दुकुमार थापा, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रीमा मेखलाल श्रेष्ठ, पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्मा कँडेलले शपथ लिएका हुन् ।
यस्तै आफूहरुसँग भएको सहमति उलंघन भएको भन्दै जनता समाजवादीले नवनियुक्त मन्त्रीहरुको सपथ कार्यक्रम बहिस्कार गरेका छन् ।
प्रतिकृया दिनुहोस्