कोरोनाको उत्पति मानिसबाट भयो कि प्रकृतिबाट ?

कोभिड–१९ का कारण विश्वभरकै जनजीवन एक वर्षयता पूर्णरूपमा प्रभावित भएको छ । कोभिडका कारण निधन हुने मानिसको संख्या चाँडै ३४ लाख पुग्दैछ यद्यपि महामारीको शुरुवात कसरी भयो भन्ने कुरा अझै निश्चित भएको छैन । सरकार र वैज्ञानिकहरूको राजनीतिक एजेन्डाका कारण भाइरसको उत्पत्तिका विषय एकिन गर्न नसकिएको हो । यसले गर्दा मूलधारका सञ्चार माध्यम नै सत्य पत्ता लगाउने विषयमा असहायजस्ता भएका छन् ।
म यहाँ पत्ता लागेका केही वैज्ञानिक तथ्यहरू प्रस्तुत गर्ने कोशिस गर्नेछु । यसले गर्दा खासमा के भएको थियो भन्ने कुराको केही जानकारी पाठकलाई मिल्नेछ । तथ्यका माध्यमबाट पाठकहरू स्वयंले नै खासमा के भएको थियो भन्ने अनुमान लगाउन सक्नेछन् । योसँगै म केही आरोप प्रत्यारोपका विषयमा पनि केही जानकारी दिने प्रयास गर्नेछु । चिनियाँ सरकारबाट शुरू भएको यो आरोप केही परसम्म जान्छ ।
यो लेखको अन्त्यसम्म तपाईंले भाइरसको आनुवंशिक जीव विज्ञानका विषयमा केही जानकारी हासिल गर्न सक्नुहुनेछ । म यो प्रक्रिया जतिसक्दो सरल बनाउने प्रयास गर्नेछु । यसो भन्दैमा वैज्ञानिक खोजलाई पाखा लगाउन भने सकिँदैन ।
जुन भाइरसले महामारीको रूप लियो त्यसलाई हाल आधिकारिक रूपमा ‘सार्स–कोभ–२’ भनिन्छ । यसलाई छोटोमा ‘सार्स २’ पनि भन्न सकिन्छ ।
हामीलाई थाहा नै छ, यसको उत्पत्तिका विषयमा दुई प्रकारका सिद्धान्त रहेका छन् । एउटा जङ्गली जनावरबाट सिधा मानिसमा सरेको हो भन्ने छ । अर्को, भाइरस ल्याबमा अध्ययन गरिँदै थियो, त्यहीँबाट बाहिरी दुनियाँमा फैलिन पुग्यो । यदि हामी यस्तो महामारीबाट भविष्यमा जोगिने हो भने हालको महामारी कसरी शुरू भयो भन्ने जानकारी हासिल गर्नु महत्वपूर्ण हुन्छ ।
म यहाँ दुईवटा सिद्धान्तको व्याख्या गर्दै दुबै घटित हुनसक्ने सम्भावनाबारे पनि चर्चा गर्नेछु । दुबै सिद्धान्तको व्याख्यापछि प्राप्त तथ्यका आधारमा कुन सिद्धान्त सही हुने प्रबल सम्भावना छ भन्ने विषयमा चर्चा हुने नै छ । दुबै सिद्धान्तको ठोस तथ्य हालसम्म बाहिर नआएको कुरा हामीले यहाँ जानकारीमा राख्नु आवश्यक हुन्छ ।
दुबै सिद्धान्त तर्कसङ्गत भए पनि यही नै सत्य हो भन्ने प्रमाण छैन । त्यसैले मसँग केही जानकारीमात्रै छन्, यही नै सत्य हो भन्ने निचोड भने छैन । यी जानकारीले हामीलाई सत्यको नजिक पुर्याउने दिशा प्रदान गर्न सक्छ ।
दुई सिद्धान्तको कथा यहाँबाट शुरू हुन्छ ।
जब कोभिड महामारी डिसेम्बर २०१९ मा शुरू भयो, चिनियाँ अधिकारीले यस्ता घटना पानी जम्ने बजारजस्तै जङ्गली जनावारको मासु बिक्री हुने वुहानको बजारबाट शुरू भएको रिपोर्ट प्रस्तुत गरे । यसले विज्ञहरूलाई सन् २००२ को ‘सार्स १’ महामारीको याद दिलायो । त्यस बखत चमेराबाट पहिला भाइरस शुरू भएको थियो ।
चमेराले ‘सिभेट्स’ (एक प्रकारको बिरालो जुन चिनियाँ मासु बजारमा बिक्री हुन्छ) मा सारेको भाइरस प्रकारान्तरले सिभेट्सबाट मानिसमा सरेको थियो । यस्तै प्रकारको अर्को भाइरस ‘मार्स’ सन् २०१२ मा देखियो । त्यो भाइरस पनि चमेराबाट ऊँट हुँदै मानिसमा सरेको थियो ।
यस प्रकारले सूक्ष्म हिसाबमा अध्ययन गर्दा यो संक्रामक प्रजातिको भाइरसलाई ‘बेटा–कोरोनाभाइरस’ नाम दिन सकिन्छ । ‘सार्स १’ र ‘मार्स’ दुवै भाइरस यसै प्रजातिको भाइरस अन्तर्गत पर्छन् । यिनै अध्ययनका आधारमा चमेराबाट कुनै जनवारको माध्यम हुँदै कोरोना भाइरस मान्छेमा सरेको भन्न सकिन्छ ।
यो प्राकृतिक भाइरस हो । मासु बजारसँगको सम्बन्धसँग ‘सार्स १’ र ‘मार्स’ महामारीसँग मिल्दोजुल्दो हुँदा पनि कोरोना भाइरस तिनै भाइरसको प्रजाति हो भन्न सकिन्छ । चिनियाँ अनुसन्धानकर्ताको प्रारम्भिक अध्ययनले मासु बजारसँग कोरोना भाइरसको कुनै सम्बन्ध नरहेको बताएका थिए । तर, यो भाइरसको प्रकृति प्राकृतिक भाइरससँग मिलेको तथ्य बाहिरन थाल्यो, उनीहरूको अध्ययनले खासै अर्थ राखेन ।
‘वुहान संक्रामक रोग अध्ययन संस्था’ कोरोना भाइरससम्बन्धी अध्ययन गर्ने विश्वकै एक प्रमुख अनुसन्धान संस्था हो । त्यसैले, भाइरस त्यहाँकै ल्याबबाट बाहिरिएको हो भन्ने तर्क पूर्णतया नर्कान सकिँदैन ।
शुरूवाती चरणमा सार्वजनिक तह र सञ्चार माध्यममा यो भाइरस प्राकृतिक भाइरस हो भन्ने दुई वैज्ञानिक समूहबाट नै अभिव्यक्ति आएको थियो । ती अभिव्यक्तिलाई जुन तहसम्म विश्लेषण गर्नुपर्ने थियो, त्यहाँसम्म गरेको पाइएन ।
‘षड्यन्त्रको सिद्धान्तमा विश्वास गर्दै कोरोना भाइरसको कुनै प्राकृतिक उत्पतिको आधार छैन भन्ने अभिव्यक्तिलाई हामी कडा रूपमा भत्र्सना गर्दछौँ’, संक्रामक रोग विशषज्ञहरूको एक समूहले लासेन्ट म्यागजिनमा २०२० फेब्रुअरी १९ मा प्रकाशित एक लेखमा भनेका थिए ।
त्यो बखत भाइरस यसरी नै उत्पति भएको हो भन्ने दाबी गर्ने पर्याप्त समय नै भएको थिएन । वैज्ञानिकहरूले दृढतापूर्वक कोरोना भाइरस जङ्गली जनावारबाट नै फैलिएको निष्कर्ष निकाल्दै भने ‘चिनियाँ साथीहरूलाई भाइरससँग लड्न हौसला दिन हामी सबै पाठकसमक्ष आग्रह गर्दछौँ ।’
उक्त लेखको विपरीत, भाइरस यदि ल्याबबाटै निस्किएको हो भने त्यो दुर्घटना हो, षड्यन्त्र होइन । यो अभिव्यक्ति तत्काल खारेज गर्नुभन्दा यस विषयमा थप अनुसन्धान गर्नुपर्ने आवश्यकता थियो । एउटा राम्रो वैज्ञानिकको लक्षण भनेको नै उसलाई थाहा भएको र नभएको कुराबीचको अन्तर पत्ता लगाउन गर्नु प्रयत्न हो ।
लासेन्ट म्यागेजिनमा लेख प्रकाशित गर्ने वैज्ञानिक उम्दा खालका थिएनन् भन्ने जनाउँछ । उनीहरू आफैँ सत्य हो भनेर स्वीकार गर्न नसकेको तथ्य आम जनतामाझ सत्य जसरी प्रस्तुत गर्ने कोशिस गर्दै थिए ।
पछि के पत्ता लाग्न आयो भने लासेन्टमा प्रकाशित लेखको खेस्रा न्यु योर्कस्थित ‘इको हेल्थ एलायन्स’ का निर्देशक पिटर दासजास्कीले तयार पारेका थिए ।
उनकै संस्थाले वुहानस्थित ‘संक्रामक रोग अध्ययन संस्था’ लाई कोरोना भाइरसको उत्पतिका विषयमा अध्ययन गर्न आर्थिक सहयोग गरेको थियो ।
यदि ‘सार्स २’ वुहानको ल्याबबाटै बाहिर आएको हो भने दासजास्की सम्भवतः यसका लागि दोषी ठहराइने छन् । लासेन्टमा प्रकाशित लेखमा पाठकहरूलाई कसको के स्वार्थ थियो भन्ने केही जानकारी दिइएको छैन । लेखको अन्त्य भने ‘हाम्रो यस विषयमा कुनै स्वार्थ छैन’ भनेर गरिएको छ ।
दासजास्की जस्ता मानिसलाई महामारी फैलाएको आरोप लाग्यो भने गुमाउनु पर्ने कुरा धेरै हुनसक्छ । करिब २० वर्षदेखि उनीहरूले आममानिसको नजरबाट टाढा रहँदै यस्ता धेरै खतरनाक काम गर्दै आएको कुरा पुष्टि हुन्छ । उनीहरूले आफ्नो ल्याबमा प्रकृतिमा पाइने भाइरसभन्दा कडा खालका भाइरस उत्पति गराइराखेका हुन्छन् ।
उनीहरूले यस्तो काम आफूहरूले सुरक्षित हिसाबमा गर्दै आएको दाबी गर्छन् । उनीहरूको तर्क के पनि हुने गरेको छ भने प्रकृतिमा पाइने भाइरसभन्दा कडा खालको भाइरस पत्ता लगाएर उनीहरू मानिसमा पर्नसक्ने असर कम गर्ने प्रयास गर्दैछन् ।
दोस्रो अभिव्यक्ति जसले आम मानिसको धारणामा ठूलो प्रभाव पार्यो, त्यो एक वैचारिक लेख थियो तर त्यो वैज्ञानिक लेख थिएन । २०२० मार्च १७ मा ‘नेचर मेडिसिन जर्नल’ मा प्रकाशित उक्त लेखको आगुवाइ संक्रामक रोग विशेषज्ञ क्रिस्टिन जि. एन्डरसनले गरेका थिए जो ‘स्क्रिप अनुसन्धान संस्था’ सँग आबद्ध छन् ।
‘हाम्रो अनुसन्धानले ‘सार्स–कोभ २’ ल्याबबाट उत्पति भएको भाइरस होइन भने यो कुनै उद्देश्य राखेर बाहिर निकालिएको भाइरस पनि होइन,’ संक्रामक रोग सम्बन्धी पाँच विशेषज्ञले आफ्नो लेखको दोस्रो अनुछेच्दमा भनेका छन् । एन्डरसन र उनका साथीहरू आफैँलाई थाहा नभएको कुरामा अरूलाई आश्वस्त पार्ने प्रयास गर्दै थिए ।
उनीहरूको लेख यसरी शुरू भएको थियो, ‘सार्स–कोभ २’ सँग सम्बन्धित ‘सार्स–कोभ’ जस्ता रोग प्रयोगशालको तिकडमबाट उत्पति हुन मुश्किल छ ।’ तर, उनीहरूको लेखले भाइरस कुनै तिकडमबाट निस्किएको पनि प्रष्टरूपमा बताउन सकेà


