राजा र माओवादी मिलेको भए…

जगत नेपाल

विस्तृत शान्ति संझौतामार्फत सशस्त्र विद्रोही माओवादी शान्तिपूर्ण राजनीतिमा आएको पन्ध्र वर्ष पुग्यो । ‘सर्वहारा वर्गको सत्ता स्थापना’का लागि भनेर माओवादीले चलाएको विद्रोहमा १७ हजार नेपाली नागरिकको ज्यान गयो । सशस्त्र विद्रोह गर्ने माओवादी आफैँ लोप भइसक्यो । जनता जहा“को तहीँ छन् । यसबीच माओवादी नेता पुष्पकमल दाहाल र बाबुराम भट्टराई प्रधानमन्त्री बने । मन्त्री हुने र लाभका पद लिनेहरुको संख्या पनि थोरै छैन । शान्ति प्रक्रियामा आएपछि माओवादीका नाममा धेरैको ‘काँचुली’ फेरियो । अध्यक्ष दाहाल तत्कालीन नेकपा एमालेमा विलय भएका छन् भने अर्का नेता बाबुराम भट्टराईले कम्युनिस्ट पार्टी परित्याग गरिसकेका छन् ।

माओवादी पार्टीको अस्तित्व बाँकी नरहे पनि राजतन्त्रको अन्त्यको जस लिने शीर्ष नेताहरुले स्वयं जनतामा छोटे राजाको छवि बनाएका छन् । संसदीय व्यवस्थाविरुद्ध विद्रोह सुरु गरेका माओवादी नेताहरु आफँै भने यतिबेला संसदीय अभ्यास छन् । ऊ बेला संसदीय व्यवस्थाको विरोधमा बन्दुक उठाउनेहरु संसदीय अभ्यासमा विकृति मिसाएर व्यवस्थालाई बदनाम गरिरहेका छन् ।

यो आलेख सशस्त्र विद्रोहमा रहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल र राजा ज्ञानेन्द्रबीचको संवादका विषयमा केन्द्रित रहनेछ ।

संसद्बाट निर्वाचित प्रधानमन्त्री शेरवहादुर देउवालाई २०५९ असोज १८ मा बर्खास्त गरेपछि राजा ज्ञानेन्द्रले आफू खुसी सरकार बनाउने र विघटन गर्ने गरिरहेका थिए । सुरुमा लोकेन्द्रवहादुर चन्दको अध्यक्षतामा सरकार बनाए । माओवादी वार्तामा आए तर वार्ता सफल भएन । चन्दलाई राजीनामा गराई राजाले सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए । थापाको पालामा पनि वार्ता सफल भएन । उनलाई पनि राजीनामा गराइयो । अनि दरबारले स्वच्छ छवि भएका नागरिकले प्रधानमन्त्रीका लागि दर्खास्त हाल्नु भनेर विज्ञापन नै प्रकाशित गर्‍यो ।

यसबीच राजनीतिकरुपमा जे जस्ता खेल भए पनि राजा ज्ञानेन्द्र संसदवादी र माओवादीलाई एक अर्काको त्रास देखाएर २०४७ सालमा गुमेको आफ्नो अधिकार पुनःस्थापित गर्ने रणनीतिमा थिए । संसद्वादी दललाई कमजोर बनाएर माओवादीलाई हात लिन दरबारले दूतहरू परिचालन गरेको थियो । जननिर्वाचित सरकारलाई बर्खास्त गरी आफू खुसी सरकार बनाउने र विघटन गर्ने राजाको कदमलाई प्रतिगमनको संज्ञा दिँदै आन्दोलनरत संसद्वादी दलभित्र पनि सत्ताको होडबाजी चलिरहेकै थियो ।

प्रधानमन्त्री थापाले राजीनामा गरेपछिको कुरा हो । नेकपा (एमाले)ले प्रधानमन्त्री पदमा दाबी गर्दै महासचिव माधवकुमार नेपालले दरबारमा निवेदन हाले । राजाले भने शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए । एमाले प्रतिगमन आधा सच्चिएको निष्कर्ष निकालेर सरकारमा गयो ।

यस घटनाले प्रतिगमन विरुद्ध संसद्वादी दलले चलाएको आन्दोलनमा चिसो पानी खन्याए झँै भयो । तिनताका राजा र माओवादी नजिकिँदै थिए । यस प्रसंगमा माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले लेखकलाई सुनाएका छन् — ‘राजा ज्ञानेन्द्रसँग मेरो कहिल्यै सिधा ‘फेस टु फेस’ कुरा भएन । देउवालाई असक्षम भनेर बर्खास्त गरेका राजा ज्ञानेन्द्रले फेरि उनैलाई प्रधानमन्त्री बनाएपछिको कुरा हो । मैले एउटा वक्तव्य दिएको थिएँ अब नोकरसंग वार्ता गरेर केही अर्थ भएन । मालिकसँगै गरिन्छ । त्यसपछि हाम्रा प्रतिनिधि र दरबारबीच निरन्तर संवाद सुरु भयो ।’

राजा र अध्यक्ष दाहालबीचको सम्पर्क सूत्र थिए — दुईपटक सरकारसँग वार्ताको टेबलमा बसिकेका माओवादी नेता कृष्णबहादुर महरा । राजासँग भएका संवाद बारे अध्यक्ष दाहाललाई रिपोर्टिङ गर्न उनलाई भ्याइनभ्याई थियो ।

यस सन्दर्भमा माओवादी नेता महराले लेखकलाई सुनाए — ‘दरबारका मान्छे हौँ । राजासँग भेटेर आयौँ भन्थे । रामबहादुर थापा र मैले उनीहरुसँग धेरैपटक राजालाई भेट्नु पर्‍यो भन्यौ तर पाएनौ ।’

राजाका प्रतिनिधि र माओवादीबीच विभिन्न चरणमा कुरा भयो । महराले सुनाए — ‘हामीले राजा ज्ञानेन्द्रलाई सन्देश पठायौँ । तपाइँ गद्दी छोड्नुहोस् या त शक्ति । गद्दी छोडेर निर्वाचन आउनुभयो भने हामी तपाइँलाई मुलुकको पहिलो राष्ट्रपति बनाउछौँ । होइन गद्दी नछोड्ने हो भने सेनाको सर्वोच्च कमान्डर छोड्नुस् । शाही नेपाली सेनालाई निर्वाचित सरकारको मातहतमा ल्याउन सहयोग गर्नुहोस् । तपाईँलाई संवैधानिक राजाको रुपमा स्वीकार गर्न हामी तयार छौँ ।’

दरबारका प्रतिनिधिहरु भन्ने गर्थे — ‘सहमतिको विषयमा तपाइँहरु आफैँ राजासँग कुरा गर्नुस् । हामी भेटको तारतम्य मिलाउछौँ । बरु राजालाई भेट्दा एउटा टोपी चाहिँ लगाइदिनु होला ।’ त्यति बेला महरासँग टोपी थिएन रे । उनले भनेका थिए रे — ‘टोपी त किनौला, कुन ठूलो कुरा भयो र ।’

राजासँग आज भेट हुन्छ, भोलि हुन्छ भने जसरी संवाद चलिरहेको थियो । हरेक दिनजसो कुन बेला दरबारबाट खबर आउला र हिडौँँला भनेर महरा टोपी लगाइवरी तयारी अवस्थामा बसेका हुन्थे । फेरि दरबारका प्रतिनिधिको खबर आइपुग्थ्यो — ‘अहिले मिलेन अर्को दिन खबर गछौँ ।’

त्यसबीच अध्यक्ष दाहालले महरामार्फत खबर पाए —‘राजाले प्रस्ताव गरेका छन् । माओवादी र दरबार मिलौँ । संसद्वादी दलका नेतालाई जेल हालौँ । म तयार छु ।’ दरबारको योजनाअनुसार राजा हेलिकप्टरमा ढोरपाटन सिसकार आरक्ष आउने र अध्यक्ष प्रचण्डसँग बसेर सबै कुरा टुङग्याउने तय भयो । अध्यक्ष कमरेड तयारी अवस्थामा बस्नु ।’

दरबारको सन्देश पाएपछि अध्यक्ष दाहाल राजासँग के कस्ता एजेन्डा लिएर वार्ताको टेबलमा कसरी प्रस्तुत हुने भन्ने तयारी गर्न थाले । दाहालले लेखकलाई सुनाएअनुसार उनी सोची सोची वार्तामा राख्ने विषय वस्तु डायरीमा नोट गर्न थालिसकेका थिए ।

यस प्रसंगमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लेखकलाई सुनाए — ‘प्रचण्डजी राजासँग सम्झौता गर्दा अधिकार पाइन्छ भने लिँदा हुन्छ भन्नेमा हुनुहुन्थ्यो । ढोरपाटनमा राजासँग भेट्ने कुरा भएको प्रचण्ड आफैँले मलाई सुनाउनु भएको हो । त्यस बेला उहा“ राजासँग मिलेर सत्तामा पुग्न खोजेको बझ्थे म । हामी दुवै भूमिगतरुपमा छुट्टाछुट्टै बस्थ्याैँ । एक दिन बेलुका अचानक मलाई फोन गरेर  भन्नुभयो — राजाबाट यस्तो प्रस्ताव आयो । वार्ता गर्ने, मिलेर जाने सम्भावना भयो । दुई सेना मिलाउने र सत्ता बाँडफाँट गर्ने र हामीले पनि राजालाई स्थान दिने भनी सकेपछि त यो पूरै रायमाझीको अवतार भयो भनेर मैले भने यो त एकदमै गलत हुन्छ ।’

प्रचण्डको कुरा सुनेपछि आफ्ना सहयोगी डोरप्रसाद उपाध्याय (पूर्वसांसद) लाई बाबुरामले थिए — ‘प्रचण्डले राजसँग मिल्ने कुरा गर्नुभयो । यो सर्वथा गलत हुनेछ । हामी मारिने सम्भावना पनि हुनसक्न्छ । म मरेछु भने पनि इतिहासमा तपाइँले यो रकेर्ड राख्नु होला ।’ माओवादी छोडेपछि संसद् परिसर सिंहदरबार स्थित आफ्नो कार्यकक्षमा लेखकसँग लामो कुरा गर्दै भट्टराईले भनेका थिए — इतिहासका यस्ता विषयमा तपाईँले कलम चलाइरहनु भएको छ । अझै प्रयास गर्नुस् मेरो पूर्ण सहयोग हुन्छ ।

त्यसबेला माओवादीमा प्रष्ट दुई धार थिए । राजासँग वार्ता गरी सत्तामा जाने पक्षमा अध्यक्ष प्रचण्ड र दलहरुसँग सहकार्य गरी गणतन्त्रमा जानुपर्छ भन्ने बाबुराम पक्ष । विसं २०६१ माघको कुरा हो । रुकुमको लाहवाङ सम्पन्न माओवादी पोलिटब्युरो बैठकले पा“च दिनको गरमागरम बहसपछि राजासँग वार्ता गर्ने निर्णय पारित गर्‍यो । गणतन्त्र पक्षधर बाबुराम भट्टराईलाई ‘भारतपरस्त गद्दार’ को आरोप लगाउँदै साधारण सदस्यतामात्र रहने गरी माघ १७ गते अनिश्चितकालका लागि निष्कासन गरियो ।

त्यस प्रसंगमा भट्टराईले लेखकलाई सुनाए — ‘मैले त्यही बला भनेको थिएँ ममाथि लगाइएको आरोप प्रमाणित भए जनमुक्ति सेनाकै एउटा गोलीले उडाइदिए हुन्छ ।’ जबाफमा दाहाल पक्षधर जनसेनाका कमान्डर नेताहरु भन्थे — गद्दारलाई जनसेनाको गोली खर्चिइँदैन ।

तिनैताकाको कुरा हो रिपोर्टिङका सिलसिलामा एक दिन म नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको महाराजगञ्जस्थित निवासमा पुगेको थिएँ । त्यो दिन कोइरालाले — भने राजा र माओवादीको बन्दुक मिल्यो भने हामी प्रजातन्त्रवादी त सकिन्छौ नि । राजा र माओवादीबीच वार्ता भइरहेको समाचार आइरहेका छन् । राजाले माओवादीसँग प्रस्ताव राखेका छन् रे — तिमी र हामी मिलाैँ । संसद्वादी दलका नेताहरुलाई म भ्रष्टाचà¤