कोरोनापछि कस्तो होला विश्व परिवेश ?

डा. डिला संग्रौला
चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस अर्थात् कोभिड–१९ को त्रास विश्वभर महामारीको रुपमा फैलिएको छ । कोरोना भाइरसले अहिले विश्व महामारी बनेको छ । विद्धान्हरुका अनुसार विश्व नै ठप्प बनाएको यो महामारीपछिको विश्व फरक हुनेछ । इतिहासको पानामा यो महामारीले नयाँ अध्याय शुरु गर्नेछ । कतिपयले कोरोनाको महामारी विश्वको लागि पुनः ताजगी ल्याउने माध्यम पनि हो भनेका छन् । यस्तै पास्चात्य दार्शनिक दाँतेका अनुसार मानिस आत्महत्याको बाटो रोज्दैन बरु अनिश्चित जीवनभित्र सुन्दरताको खोजी गर्दछ । त्यसैले कोरोनापछि अब विश्वले सुन्दर जीवनको खोजी गर्नु नै पर्दछ । विगतको विश्व परिवेशलाई हेर्ने हो भने सधैँ द्वन्द्व, हिंसा, हातहतियार, शक्ति एवं प्रविधिको होडबाजीमा लिप्त विश्व अहिले ठप्प जस्तै भएको छ । जस्तै धर्म, जातजातिबीचको द्वन्द्व, सम्पन्न र बिपन्नबीचको खाडल जस्ता समस्याले ग्रस्त विश्वलाई कोरोनाको महामारीले साच्चिनै पाठ सिकाउने छ । मावन विकासको इतिहासमा कयौँ प्राकृतिक विपत्तिहरु आए । सयौँ सभ्यताहरु नष्ट भए । मान्छेलगायत जीवजन्तु विलिन भए । पुनः लामो समयको अन्तरालपछि फेरि विकासले गति लियो । प्रकृतिमाथि आश्रित मान्छे अब आफैँ प्रकृतिको सत्रु भएर अगतिशील हुन्छ भने प्रकृतिमा विपत् आउँछ ।
यस्तै बाढी, पहिरो, आधिवेरीको समस्या हुँदै विभिन्न समयमा फैलिएका प्लेग, फ्लुइ इन्फियूजा, एड्स जस्ता संक्रामक रोगले मानव जातिलाई निकै पीडा दियो । कतिले यो महामारीबाट ज्यान गुमाए, कति बाच्न सफल भए । यसरी इतिहासमा महामारी बनेर फैलिएका यस्ता थ्रुपै विपतीले हामीलाई केही न केही पाठ सिकाएको छ । तर यी पाठहरुलाई भुल्ने हाम्रो बानीलाई सुधार गर्नुपर्दछ । अहिले पनि विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कारण विश्वभरि नै लाखौँलाख मानिसहरुले मृत्युवरण गरेका छन् भने थुपै्र संक्रमित भैरहेका छन् । त्यसैले यो हतियार विनाको तेस्रो विश्व युद्ध कसरी जित्ने र कोरोनापछि विश्व कस्तो होला भन्ने कुरामा यो पंक्तिकारले केही परिकल्पना गरेको छ ।
विश्व अहिले ठप्प छ । कोरोना र अर्थतन्त्रलाई निहाल्ने हो भने कोरोनापछिको आर्थिक स्थिति दोस्रो विश्व युद्धपछि कै सबभन्दा भयावह स्थिति बन्ने पक्कापक्की छ । यस कोरोनाको महामारीले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय अर्थतन्त्रमा बढी मार पारिरहेको छ । बन्दाबन्दीको कारण कार्यालय, विद्यालय, उद्योग, कलकारखाना सबै बन्द छन् । अर्थात् विश्वको सामाजिक एवं आर्थिक क्रियाकलाप रोकिएको छ । यसको असर अनुमान गरेको भन्दा भयावह हुन सक्ने प्रक्षेपण विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाले गरिरहेका छन् ।
यो महामारीपछि सामाजिक मूल्य–मान्यता पनि फेरिने छ । संक्रमण फैलिन थालेपछि विश्वभरि हात मिलाउने, अंकमाल गर्ने जस्ता व्यवहारमा परिवर्तन आएको छ । सामाजिक र व्यक्तिगत दूरी कायम राख्ने चलन बढेको छ । साबुन पानीले बारम्बार हात धुने, सेनिटाइजरको प्रयोग गर्ने र मास्क लगाउनुपर्ने भन्ने चेतना थपिएको छ । सामूहिक भेटघाट पनि घटेको छ । सामाजिक र राजनीतिकलाई अवस्थालाई पनि प्रष्ट पारेको छ । त्यसैले अहिले विश्व मानव समुदाय एउटै मोर्चामा उभिएर कोरोनाको महामारी विरुद्ध लडिरहेको छ । कोरोनापछिको इतिहासलाई कोरोना पूर्व र पछि गरी दुई अध्यायमा विभक्त गरेको छ । जसरी यो महामारीले जात, धर्म लिंग छुटाउँदै त्यसैगरी कोरानापछिको नयाँ संरचना र पुनःउत्थानको लागि अब हरेक राष्ट्रले नयाँ सामाजिक सम्झौताअनुसार अगाडि बढ्नुपर्दछ । अब जनतालाई ठग्ने राजनीति, विचौलिया मोटाउने अर्थनीति, गुणस्तरीयहीन स्वास्थ्य सेवा र शिक्षा र सरकारमा जानेले भ्रष्टाचार गर्ने प्रवृति अब कुनै पनि राष्ट्रका नागरिकले सहनेवाला छैनन् । त्यसैले अब नयाँ सामाजिक सम्झौता हरेक क्षेत्रमा गरिनुपर्दछ ।
इतिहास र सभ्यता सधैँ स्थिर रहन सक्दैनन् । कतिपय इतिहास पनि मेटिएर जान्छ । जीवान्श पनि यस्तै हो । जस्तै डाइनोसोरस लोभ भएको कुरालाई लिन सकिन्छ । त्यसैले कोरोनापछिको विश्व नयाँ सोच, पुनर्जीवन, दृढ इच्छा शक्तिका साथ रुपान्तरणको बाटोमा जानुपर्दछ ।जुन यसप्रकार रहेको छ ।
जीवन शैलीमा रुपान्तरण :
पूर्वीय जीवन दर्शनअनुसार जीवन संकटकै एउटा स्वरुप हो । हरेक संकटको समाधान समायनुकूल आफँै हुनेगर्दछ । त्यसैले कोरोनाको महामारीले हरेक व्यक्तिको आनीबानी, रहनसहन र जीवनशैलीमा परिवर्तन गरेको छ । विश्वभर कै मानिसको जीवनशैली तहुरतरिका, मनोवृत्ति बदलिएको छ । यस्तै सामाजिक जीवनका हरेक पक्षहरु जस्तै पारिवारिक जीवन, आनीबानी, व्यवहार, आचारसंहिता, जीवन पद्धति, चिन्तनशैली, विकल्पको छनोट, आवश्यकताको पहिचान गर्ने विश्व भातृत्व भाइचारा, प्रेम, आत्मनिर्भरता, सद्भाव र एकता बढ्ने छ ।
आर्थिक उथलपुथल :
सन् २०२० मा विश्व अर्थतन्त्रमा २।५ प्रतिशतका दरले वृद्धि हुने अनुमान गरिएता पनि यस महामारीको कारण घटेर १ प्रतिशतभन्दा कम बिन्दुमा पुग्ने चेतवानी संयुक्त राष्ट्र संघीय आर्थिक र सामाजिक मामिला विभागले दिइसकेको छ । मूलतः अर्थतन्त्रमा मुख्य भूमिका खेल्ने वित्तीय बजार, बैंकिङ कारोवार, उत्पादन, व्यवसाय, पर्यटन क्षेत्र र होटल व्यवसायमा असर परेको छ । व्यवसाय कमजोर हुँदा यसको असर रोजगारीमा परेको छ । विश्व श्रम बजार ठप्प छ । विश्व बजारमा केही मात्र गिरावाट आएको छ । परिणाम स्वरुप आर्थिक संकूचनले गर्दा उत्पादन, उद्योग र मजदुरहरुबीच गम्भीर चुनौती थपिएका छन् । त्यसैले विश्व अर्थतन्त्रमा आएको उथलपुथललाई कोरोनापछि पुनःउत्थान गर्नुपर्दछ ।
अन्तर्राष्ट्रिय राजनीतिमा ध्रुवीकरण :
विश्वव्यापी कोरोनाको कारण ठूला ठूला शक्ति राष्ट्रहरुबीच शक्ति संघर्ष एवं उनीहरुबीचको सम्बन्धमा पनि राजनीतिक ध्रुवीकरण हुने संकेत पनि देखिन्छ । जस्तो सबैभन्दा आर्थिक रुपले सम्पन्न शक्ति राष्ट्र संयुक्त राज्य अमेरिकामा पनि अहिले सबैभन्दा बेरोजगार बढेको देखिन्छ । अर्को शक्ति राष्ट्र चीनले कोरोनाको महामारीको युद्ध जितेर आफ्नो आर्थिक अवस्थालाई सुध्रित पार्न थालिसकेको छ । चीनले कोरोना नियन्त्रणको लागि औषधि उत्पादन गरिरहेको छ भने रुसले कोरोना विरुद्धको इन्जेक्सन बनाइ परीक्षण गरी अन्य राष्ट्रलाई बेचिरहेको छ । महामारीपछि विश्व राजनीति निश्चित रुपमा प्याराडिगम सिफ्ट अर्थात् अवधारणागत परिवर्तन हुने प्रवल सम्भावना दिनप्रति दिन गरेर गएको छ । यहिले विश्वमा रहेका विचारधारा नवउदारवादी लोकतन्त्र र समाजवादी गणतन्त्रको बीचमा नै भएको लडाइँ एकैसाथ सतहमा ल्याइदिएको छ । त्यसैले कोरोनापछिको अन्तर्राष्ट्रिय राजनीति बेग्लै धारमा बग्ने सम्भावना देखिन्छ ।
मानवीय जनशक्तिभन्दा यन्त्रको प्रयोग :
कोरोनाको कारण विश्वभर नै लगानी कर्ता, उद्योग, व्यवसायीले मानव जनशक्ति प्रयोगभन्दा यन्त्र एवं मेसीनको प्रयोग गर्ने सम्भावना देखिन्छ । जस्तो रोबटको प्रयोग आदि । यसले गर्दा बेरोजगारी समस्या जटिल रुपमा देखापर्नुको साथै लाखौँलाख मान्छेहरु बेरोजगार हुने सम्भावना देखिन्छ ।
रोजगारीमा संकट :
अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले कोरोनाको कहरको कारण विश्व अर्थतन्त्र पुरानै अवस्थामा फर्किन कम्तीमा पाँच वर्ष लाग्ने अनुमान गरेको छ । कोरोना कारण विश्वमा एक अर्ब २५ करोड मानिसको रोजगारी जोखिममा रहेको बताइएको छ । विश्वको यो तथ्यांक हेर्दा काम गर्ने समग्र जनशक्ति ८१ प्रतिशत हुन आउँछ । अमेरिकामा मात्र ४३ प्रतिशत मानिस बेरोजगारी हुन सक्ने आइएलओको प्रतिवेदनले देखाएको छ । यसरी विश्व अर्थतन्त्र आफ्नो नियमित बाटोमा फर्किन आधादेखि एक दशक लाग्ने अनुमान विश्व अर्थतन्त्र क्षेत्रका जानकारहरुले बताउँदछन् । हाम्रो उपभोगमुखी अर्थ प्रणाली आयत, राजश्व आदि विप्प्रेषणको कमीले अर्थतन्त्र खुम्चिने छ । रोजगारीको समस्या विकराल रुपमा आउने देखिन्छ । त्यसैले वैकल्पिक रोजगारीको खोजी गर्दै विश्वव्यापी रुपमा रोजगारीमा देखिने संकटलाई निभारण गर्न नयाँ नयाँ सीप, व्यवसाय आत्मनिर्भरको बाटो खोजी गरिनुपर्दछ ।
ओर्क फ्रम होम :
कोरोनाको कारण घ


