नेपाल बसेका ५ हजार चिनियाँमा कोरोना खोप परीक्षण गराउन चीनको ‘विशेष जोड’

गजेन्द्र बोहरा

काठमाडौं, १२ भदौ  (ई-रैवार)

रुसले कोरोनाविरुद्धको खोप बनाएको दाबी गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खिसी गर्दै भनेका थिए– ‘रुसको खोप त बाँदरले पनि लगाउँदैन।’

त्यसको केही समयपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै छोरीमा त्यो खोप परीक्षण गरे ।

र, सारा विश्वलाई आफ्नो देशले बनाएको खोप कति विश्वस्त छ भन्ने प्रमाणित गर्न खोजे ।

हरेक नयाँ आविष्कार भएका खोप वा औषधी सफल हुन एउटा विश्वव्यापी मापदण्ड छ– ‘कम्तीमा १०औं हजार मानिसमा त्यसको परीक्षण सफल भएको हुनुपर्छ ।’

परीक्षणको होड

रुसमात्रै होइन, विभिन्न देशले कोरोनाविरुद्ध खोप उत्पादन गर्न थालेसँगै त्यसको परीक्षणमा अहिले होड चलिरहेको छ ।

कोरोना उपचारमा अहिले सबैभन्दा बढी रुस, चीन र बेलायतको अक्सफोर्ड विश्वविद्यालयकृत खोप निकै चर्चामा छन् ।

धनी देशहरू उत्पादक कम्पनी र देशसँग करोडौं डोज खोप ‘अग्रिम बुकिङ’ गर्न लागिपरेका छन् भने गरिब देश त्यसको परीक्षणमा ।

विश्वमा उत्पादन भइरहेका यी खोप ‘परीक्षण’ को दौडमा अहिले नेपाल पनि छ ।

यिनै खोप अहिले नेपालमा पनि परीक्षण हुने चर्चा छ ।

यद्यपि, अहिले विश्वभर कोरोनाविरुद्धका ६ वटा खोप परीक्षण भइरहेका छन् । तीमध्ये आधाभन्दा धेरै खोप चीनले नै उत्पादन गरेका छन् ।

‘नेपालमा परीक्षण गर्न चीनको पूर्णतयारी’

नेपालमा परीक्षणका लागि अहिले सबैभन्दा अघि चीनको तयारी देखिएको छ। चीनले खासगरी नेपालमा करिब ५ हजार चिनियाँ कामदारमा यो खोप परीक्षणको तयारी गरिरहेको छ ।

त्यसका लागि पहिलो प्राथमिकता नवलपरासीमा रहेको ‘होङ्सी शिवम्’ सिमेन्ट उद्योगमा कार्यरत चिनियाँ कामदार परेका छन्। यो सिमेन्ट उद्योगमा करिब हजार चिनियाँ कामदार छन् ।

उद्योगका एक उच्च अधिकारीका अनुसार चिनियाँ सरकारको समन्वयमा चीनबाटै होङ्सी कम्पनीले आफ्ना कामदारहरूमा खोप परीक्षणको पहल गरिरहेको छ। होङ्सी कम्पनीको मुख्यालय चीनको हान्चाउ सहरमा छ ।

स्रोतका अनुसार चीनले उक्त सिमेन्ट कारखानाका कामदारबाहेक काठमाडौंलगायत विभिन्न ठाउँमा रोजगारी, व्यवसाय गरी बसेका करिब ५ हजार नागरिकमा सबैभन्दा पहिला खोप परीक्षणको तयारी गरेको छ ।

त्यसका लागि नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद, चिनियाँ दूतावास तथा होङ्सीका नेपाल प्रतिनिधिबीच धेरैपटक छलफल भइसकेको छ। दूतावासले पटक–पटक त्यसका लागि ताकेता पनि गरिसकेको छ ।

नेपाल सरकारले अनुमति दिनासाथ चीनले आफ्ना कामदारलाई खोप दिन सुरु गर्नेछ। त्यसको लागि दूवावासले सम्पूर्ण तयारी गरिसकेको छ ।

‘हामीले नेपाल सरकारको अनुमति कुरिरहेका छौं । अझै केही समय कुर्नेछौं,’ स्रोतले आयोमेलसँग भन्यो, ‘केही समय कुर्दा पनि नेपाल सरकारले अनुमति दिएन भनेर चार्टर्ड उडानबाट चीन लगेर हाम्रा कामदारलाई त्यो खोप दिइनेछ र फेरि यहाँ फर्काउनेछौं ।’

नेपाललगायत चिनियाँ लगानी तथा चिनियाँ कामदार रहेका इन्डोनेसियालगायत अन्य देशमा पनि चीनले खोप परीक्षणको तयारी गरिरहेको छ।

चीनले चुपचापै बसेर आफ्नै देशमा लाखौं मानिसमा यो भ्याक्सिन परीक्षण गरिसकेको छ। गत जुनदेखि नै चीनले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप परीक्षण गर्दै आएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

सबैभन्दा धेरै चिनियाँ सैनिक, शिक्षक तथा स्वास्थ्यकर्मीमा यो भ्याक्सिन परीक्षण गरिएको छ। अहिले तेस्रो चरणको परीक्षण आफ्ना नागरिकमा ‘सफल’ भएसँगै चीनले विश्वभरि कोरोना विरुद्धको यो खोप उपलब्ध गराउने तयारी गरेको छ।

चीनको राष्ट्रिय बायोटेक ग्रुपअन्र्तगतको सिनोफर्माले यो खोप तयार गरेको हो।

कोरोना भ्याक्सिन बनाउनकै लागि केही महिनाअघि मात्रै यो कम्पनीले बेइजिङ नजिकै २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको नयाँ प्लान्ट स्थापना गरेको छ ।

कम्पनीले उत्पादन गरेको यो भ्याक्सिनलाई ‘सार्स–कोभ–२’ नाम दिइएको छ ।

चीनमा अरू पनि दुई भ्याक्सिन तेस्रो चरणको क्लिनिकल परीक्षणमा छन्। चीनका १३ विभिन्न कम्पनी कोरोनाविरुद्धको भ्याक्सिन बनाउन लागिपरेका छन्।

‘अहिले नै कसैलाई अनुमति दिइएको छैन’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा यी खोप परीक्षणका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई जिम्मेवारी दिएको छ। परीक्षणका लागि आवश्यक तयारी तथा त्यसको अनुसन्धान पनि परिषदले नै गर्नेछ ।

परिषदका सदस्य सचिव डा। प्रदिप ज्ञवालीका अनुसार अहिलेसम्म कुनै पनि खोपलाई अनुमति भने दिइएको छैन ।

नेपालमा परीक्षण गर्नका लागि सम्बन्धित देश र कम्पनीले दिएको प्रस्तावमाथि अहिले पनि छलफल भइरहेको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार पनि यसबारेमा विज्ञ तथा सरोकारवालासँग भिडियो छलफल गरेको थियो ।

उनका अनुसार सुरुमा चीनले आफ्नै कामदारमा परीक्षण गर्न सरकारसँग प्रस्ताव गरेको हो ।

‘चीनले नेपालको होङ्सी सिमेन्ट कारखानामा काम गर्ने चिनियाँ कामदारमा यो खोप परीक्षण गर्छौं भनेको छ,’ उनले भने, ‘त्यो बेला नेपाली कसैले इच्छा व्यक्त गरेमा पनि खोप लगाइदिने उसको प्रस्ताव हो।’

यो प्रस्तावबार अहिले पनि छलफल चलिरहेको छ ।

‘नेपालमा खोपहरूको परीक्षण आवश्यक छ भन्नेमा हामी सबै सहमत नै हो। तर, त्यसका लागि धेरै प्रोसेस पूरा गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘अहिले हामी किनेरै परीक्षण गर्ने अवस्थामा छैनौं, त्यसैले केही स्पोन्सरहरूको खोजीमा छौं। उनीहरूका प्रस्ताव पनि हेर्दैछौं । अहिले

भन्नुपर्दा खोप परीक्षणका कुरा एकदमै प्रारम्भिक चरणका प्रस्तावमात्रै हुन् ।’

यद्यपि, नेपालले पहिला नै कसलाई अनुमति दिने भन्ने कुरा अलि जटिल नै छ ।

भारतको सेरम इन्स्टिच्युटले पनि अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर एउटा भ्याक्सिन बनाउँदै छ ।

विज्ञहरूका अनुसार भारतीयसँग नेपालीको रहनसहन मिल्ने भएका कारण पनि त्यो खोपलाई प्राथमिकतामा राख्दा राम्रो हुन्छ। विश्व स्वास्थ्य संगठनले पनि त्यो खोप परीक्षणका लागि नेपाल सरकारसँग छलफल गरेको छ ।

त्यसअघि नै रुस पनि नेपालमा आफ्नो भ्याक्सिन परीक्षणका लागि इच्छुक छ। रुसी राजदूत स्वयं नै यसको लागि लबिङमा लागिपरेका छन् ।

‘यी सबैको बारेमा हामीले एकदमै नजिकबाट अध्ययन गरिरहेका छौं,’ परिषदका सदस्य सचिव डा। ज्ञवालीले भने, ‘अहिले नै कसलाई पहिला अनुमति दिने वा कहिले दिने भन्ने छैन । हामीले आफ्नो तयारी सबै सक्यौं भने नेपाल सरकारमार्फत नै परीक्षणका लागि आधिकारिक रूपमा अनुरोध गर्नेछौं ।’

धेरै देशमा किन परीक्षणर  ?

कुनै पनि देशले एउटा खोप उत्पादन गरेपछि उसले त्यो खोपको विश्वास विश्वव्यापी रूपमै जित्न चाहन्छ ।

यो एउटा व्यापारिक दृष्टिकोण पनि हो। र, खोप सफलताका लागि आवश्यक विविधता अध्ययनको माध्यम पनि ।

‘जस्तो कि आफ्नोमात्रै देशमा परीक्षण गर्दा त्यहाँ एकै किसिमको मात्रै हुन्छ। जति धेरै देशमा परीक्षण गर्‌यो उति नै विविधता आउँछ,’ माइक्रो बायोलोजिस्ट डा। जीवन शेरचन भन्छन्, ‘र, त्यसलà