कोरोनाबाट मर्ने महिलाभन्दा पुरुष बढी, किन?

देश–महादेशका सीमा नाघेर, सागर–महासागरका छालहरू तरेर संसारका कुना–कुनामा फैलिएको कोरोना भाइरसको एउटा तथ्यांक रोचक छ। यो तथ्यांक महामारी फैलिएका सबै देशमा समान पाइन्छ।यसै आधारमा अहिले नै निष्कर्ष निकाल्न हतार होला, तर यो केही न केही संकेत अवश्य हो।
सबैतिरबाट समान रूपले आइरहेको तथ्यांक हो, कोरोना भाइरस संक्रमणले मृत्यु हुनेमा महिलाभन्दा पुरुषको संख्या धेरै छ।
धेरैले यसलाई महिला र पुरुषको जीवनशैली र आनीबानीसँग जोडेर हेरेका छन्। महिलाको दाँजोमा पुरुषहरू बढी धूमपान गर्ने हुँदा फोक्सोको संक्रमण र श्वासप्रश्वासका रोगले चाँडै छुन्छ। त्यस्तै, पुरुषहरू स्वास्थ्यप्रति बढी लापरबाह हुन्छन् र सरसफाइमा त्यति ध्यान दिँदैनन्। नियमित हात धुनमा त महिलाभन्दा धेरै पछाडि छन्।
आनीबानीको यो भिन्नताले संक्रमित पुरुषलाई मृत्युको मुखसम्म पुर्याउन केही न केही भूमिका पक्कै खेल्यो होला। तर, के भाइरस फैलिएका सबै मुलुकमा पुरुषहरू महिलाभन्दा फोहोरी छन्रु के चीनदेखि अमेरिका, इटाली, स्पेन, बेलायत सबैतिर पुरुषहरू नियमित हात धुँदैनन् ?
कतिपय मुलुकमा महिलाहरू धेरै धूमपान गर्छन्, त्यस्ता ठाउँमा पनि कोरोनाबाट ज्यान गुमाउनेमा पुरुषहरू नै धेरै किन ?
महिलाहरूमा त्यस्तो के छ, जसले उनीहरूलाई पुरुषको दाँजोमा बढी सुरक्षित बनाइरहेको छ ?
महिला र पुरुषको यो जैविक भिन्नता कोरोना भाइरससँग मात्र जोडिँदैन। जुनसुकै आपतविपत डटेर सामना गर्न र त्यसबाट आफूलाई बचाउनमा पुरुषहरू सधैं नै कमजोर रहिआएका छन्। यो वैज्ञानिक रूपले प्रमाणित तथ्य हो।
हरेक उमेर र अवस्थाका महिला जैविक रूपले त्यही उमेरका पुरुषको दाँजोमा बढी शक्तिशाली हुन्छन्। शारीरिक परिश्रमका काम गर्नुपर्दा भलै उनीहरू कमजोर देखिएलान्, तर उनीहरूको आँत मजबुत हुन्छ। मान्छेलाई रोगव्याधीसँग लड्न वा आपतविपतसँग जुध्न शक्ति दिने उसको बाहिरी शारीरिक सामर्थ्यले होइन, भित्री आँतले नै हो।
उदाहरणका लागि, भर्खरै जन्मिएका शिशुमध्ये पहिलो जन्मदिन मनाउनेमा बालिकाहरू नै अगाडि छन्। अर्थात्, एक वर्षभन्दा कम उमेरको बाल मृत्युदर केटाहरूमा धेरै छ।
यति मात्र होइन, अहिले सय वर्ष नाघेका व्यक्तिहरूमा ८० प्रतिशत महिला छन्। यसलाई अझै तन्काएर ११० वर्षको अनुपात हेर्ने हो भने, महिलाको संख्या ९५ प्रतिशत पाइन्छ।
पुरुषहरूको शारीरिक तौल र उचाइ महिलाभन्दा धेरै हुन्छ। उनीहरूको मांसपेशी बलिया हुन्छन्। शारीरिक सामर्थ्य पनि बढी हुन्छ। तर, जन्मदेखि मृत्युसम्म मान्छेले झेल्नुपर्ने संकटसँग संघर्ष गर्ने सामर्थ्य दाँज्दा महिलाले पुरुषलाई सजिलै पछार्छन्। महिलाको हातगोडाको मांसपेशी भलै कमजोर होला, तर संकटसँग जुध्ने, बाँच्ने र अघि बढ्ने मामिलामा उनीहरूको भित्री आँत एकदमै मजबुत हुन्छ।
हामीले धेरै समय के अनुमान गरेर हिँड्यौं भने, पुरुषहरूको असामयिक मृत्युको कारण अस्वस्थ जीवनशैली र गलत आनीबानी हो। तर, यो सही थिएन। वास्तवमा पुरुषभन्दा महिलाको ‘जीन’ नै बलियो थियो, जसले उनीहरूलाई रोगव्याधीसँग लड्ने र आपतविपत पन्छाएर अघि बढ्ने शक्ति दिन्थ्यो।
यो शक्ति जुनसुकै उमेर, शैक्षिक अवस्था र आर्थिक हैसियतका महिलामा बराबर हुन्छ। महिलाहरू चाहे धूमपान गर्ने हुन् या मद्यपान, उनीहरूको बाँच्ने क्षमता त्यस्तै आनीबानी भएका पुरुषभन्दा धेरै हुन्छ।
मैले आफ्नै एउटा व्यक्तिगत अनुभवबाट महिलाहरूको यो जैविक विशेषता नजिकबाट देखेको छु।
केही वर्षअघिको कुरा हो। वसन्त याम थियो। जीउ कमाउने लामो हिउँद सकेर हावा न्यानो भएको थियो। मैले मेरी श्रीमती इमासँग यो याममा कतै एकान्त समय बिताउने बाचा गरेको थिएँ। उनी र म मात्र, जहाँ हामी लामो समयदेखि मनमा खप्टिएका भावना साट्न सकौं।
हामी कार लिएर निस्क्यौं। सडक सुनसान थियो। मेरो एउटा हात उनको हातमाथि थियो। त्यसपछि के भयो, मलाई याद छैन।
प्रत्यक्षदर्शीहरूले सुनाएअनुसार, हामीलाई एउटा गाडीले जोडदार ठक्कर दिएको थियो। रातो बत्ती मिचेर ७० किलोमिटर प्रतिघन्टाभन्दा तीव्र गतिमा हुइँकिएर आएको त्यो गाडी सिधै हाम्रो कारसँग ठोक्कियो। हाम्रो कारले दुई बल्ड्याङ खायो। कारको हाल बेहाल थियो। छत कुच्चिएर सुरुङ बनेको थियो। कुनै पनि एअरब्याग सग्ला थिएनन्।
गाडीको त्यस्तो अवस्था देखेर प्रत्यक्षदर्शीहरूले हाम्रो माया मारिसकेका रहेछन्। तर, हामी जीवित थियौं।
घटनास्थलमा भेला भएका प्रत्यक्षदर्शीले हामी दुवैलाई क्षतविक्षत गाडीबाट बाहिर निकाले। एम्बुलेन्स डाके र हामीलाई अस्पताल पठाए।
दुर्घटनाको दाँजोमा हाम्रो शरीरको घाउ खासै ठूलो थिएन। मलाईभन्दा इमालाई बढी चोट लागेको थियो। अस्पताल जाँदै गर्दा मलाई कारका सातैवटा एअरब्यागले कसरी हामीलाई बचाउन सकेनन् भन्ने ख्याल मात्र आएन, यो पनि सोचेँ, धन्न मलाईभन्दा इमालाई बढी चोट लाग्यो।
यस्तो सोच्नु मेरो स्वार्थ थिएन।
मलाई थाहा थियो, इमाको चोट बढी भए पनि मेरोभन्दा चाँडै भरिनेछ। उनी मभन्दा पहिले नै तङ्ग्रिने छिन्। र, मभन्दा पहिले नै आरामले हिँडडुल गर्न थाल्ने छिन्।
आखिरमा त्यस्तै भयो। उनकोभन्दा मेरो घाउ निको हुन धेरै समय लाग्यो।
महिलाहरूको ‘जीन’ बलियो हुनुको कारण के तरु यसको सुरूआत हाम्रो क्रोमोजोमबाट हुन्छ।
महिलाहरूको कोषमा दुइटा ‘एक्स’ क्रोमोजोम हुन्छ– एउटा उसको आमाबाट आएको, अर्को बाबुबाट। जबकि, पुरुषहरूको कोषमा दुइटा फरक क्रोमोजोम हुन्छ– एउटा ‘एक्स’, अर्को ‘वाई’।
हामीले के बुझ्नुपर्छ भने, ‘एक्स’ क्रोमोजोमले हाम्रो शरीरका मुख्य अंगहरूको क्षमता बढाउने काम गर्छ। हाम्रो शारीरिक विकास, मस्तिष्क विकास र रोग प्रतिरोधात्मक क्षमता बढाउने यही ‘एक्स’ क्रोमोजोमले हो।
यस्तो महत्वपूर्ण जैविक तत्व बढी हुनुले महिलाहरू रोगव्याधी र संकटसँग लड्न बढी समर्थ हुने वैज्ञानिक बताउँछन्। कुनै कारणले एउटा ‘एक्स’ क्रोमोजोममा समस्या आयो भने शरीरले अर्को जगेडा ‘एक्स’ प्रयोग गर्न सक्छ। यही कारणले महिलाहरूलाई कतिपय रोगले सजिलै छुँदैन। छोए पनि त्यसलाई परास्त गर्न बढी सक्षम हुन्छन्।
कुरा एउटा कोष र त्यसमा हुने एउटा जगेडा ‘एक्स’ क्रोमोजोमको होइन। मानव शरीरमा हजारौं जीन हुन्छन्। ती प्रत्येकमा हुने दुइटा ‘एक्स’ क्रोमोजोमले महिलाको शरीरभित्र निरन्तर समन्वय गरिरहेको हुन्छ। एउटा ‘एक्स’ मा कुनै समस्या आए अर्को ‘एक्स’ ले त्यसलाई प्रतिस्थापन गर्छ।
अब हामी दुइटा ‘एक्स’ क्रोमोजोमले कोरोना भाइरससँग लड्न कसरी काम गर्छ हेरौं।
मानौं, कुनै महिलाको शरीरमा भाइरस पस्यो। अब उसको प्रत्येक जीनमा रहेका दुइटा ‘एक्स’ क्रोमोजोममध्ये जो भाइरस पत्ता लगाउन र परास्त गर्न सक्षम छ, त्यो तुरुन्तै सक्रिय हुन थाल्छ। त्यस्तै, जुन ‘एक्स’ क्रोमोजोममा रोग प्रतिरोधात्मक क्षमता छ, त्यसले पनि आफ्नो काम गर्न थालिहाल्छ।
शरीरमा ‘एक्स’ क्रोमोजोमको संख्या धेरै हुँदा महिलाहरू अन्तिम समयसम्म भाइरसविरुद्ध डटेर लड्न सक्छन्।
यही सुविधा पुरुषलाई हुँदैन। उनीहरूको जीनमा भाइरसविरुद्ध लड्न एउटा मात्र ‘एक्स’ क्रोमोजोम हुन्छ। सोचौं त, त्यो एउटा ‘एक्स’ क्रोमोजोमले कोरोना भाइरस चिन्न सकेन वा त्यसले संक्रमण गरेको कोषलाई मार्न सकेन भने के होला श्र
यस्तो अवस्थामा, भाइरसविरुद्ध लड्ने उसको क्षमता सीमित हुनेछ। एक्लो ‘एक्स’ क्रोमोजोम आफ्नो शक्ति भइञ्जेल लड्छ, नसकेपछि परास्त हुन्छ।
कल्पना गर्नुस् त, दुइटा देशले आ–आफ्नो सेनाको फौज लडाइँको मैदानमा पठाएका छन्। फरक के भने, एउटाले आफ्नो फौजलाई सुविधासम्पन्न हातहतियार र पर्याप्त गोलाबारुदसहित पठाएको छ, अर्को देशको सेनासँग दसौं वर्ष पुरानो थ्री९नट९थ्री बन्दुक मात्र छ। अब युद्ध मैदानमा कुन देशका सिपाहीको लड्ने क्षमता बढी होला शà


